धनगढीमा बन्यो ३२ करोडको सभा गृह, प्रधानमन्त्री ओलीले गरे उद्घाटन  | Khabarhub Khabarhub

धनगढीमा बन्यो ३२ करोडको सभा गृह, प्रधानमन्त्री ओलीले गरे उद्घाटन 


२५ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

धनगढी– सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा सुविधायुक्त सभागृह सञ्चालनमा आएको छ । सङ्घीय सरकारको ३२ करोड २५ लाख ९७ हजार लगानीमा निर्माण भएको सभा गृह आइतबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको हो । सभा गृहको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन् । 

सुदूरपश्चिम विश्वविद्यालयको पाँचौँ दीक्षान्त समारोहमा भाग लिन र सुदूरपश्चिम प्रदेश सभामा विशेष सम्बोधनका लागि धनगढी पुगेका प्रधानमन्त्री ओलीले सभा गृहको पनि उद्घाटन गरेका हुन् । धनगढीमा बनेको सभा गृह यो नै पहिलो हो । धनगढी उपमहानगरपालिका–८ धनगढी गाउँमा सभा गृह निर्माण गरिएको छ । 

सहरी विकास तथा भवन निर्माण विभाग, सङ्घीय आयोजना कार्यान्वयन इकाइ, धनगढीले निर्माण गरेको सभा गृह उद्घाटनसँगै धनगढी उपमहानगरपालिकालाई हस्तान्तरण गरिएको छ । प्रधानमन्त्री ओलीले धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमाललाई सभा गृह हस्तान्तरण गर्दै उद्घाटन गरेका हुन् ।

सभागृह अभावमा ठूला कार्यक्रमका लागि होटलका हलहरूको विकल्प थिएनन् । सभा गृह उद्घाटन सँगै ठूलो सभा सम्मेलन र गोष्ठी आयोजनाका लागि सहज हुने देखिन्छ । उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले देशमा केही भएको छैन भन्नेहरूका लागि एक उदाहरण सभा गृह रहेको बताए । 

ओलीले देश विकासको बाटोमा अगाडि बढिरहेको छ । एउटा प्रमाण यो हो । यो नै विकाश भइरहेको गतिलो प्रमाण हो । धनगढीले एक उपहार प्राप्त गरेको छ । यसलाई सदुपयोग गर्नुहोस् । गोष्ठी, सेमिनारहरू सञ्चालन गर्न आग्रह गरेका छन् ।

सहरी विकासले २०७५ माघ २ गते सभा हल निर्माणका लागि सम्झौता गरेको थियो । जुनबेला ओली सरकारको नेतृत्वमा थिए । ओली सरकारकै नेकपा कालिन समयको सरकारले सभा गृह निर्माणको अवधारण सहित बजेट विनियोजन गरेको थियो । निर्माण कम्पनीले २०७९ असार २४ गते निर्माण सकाएर ‘धनगढी सभा गृह’ सहरी विकासलाई हस्तान्तरण गरेको हो ।

सभा गृह (सिटी हल) बिकेवाई एमके रोयल जेबीले निर्माण गरेको हो । धनगढी उपमहानगरपालिका–८ मा एक बिघा क्षेत्रफलमा सभा गृह निर्माण गरिएको छ । सभा गृहको मुख्य हलमा सात सय ५३ जनाको क्षमता रहेको छ । भने दोस्रो तालिम हलमा दुई सय १० जनाको क्षमता रहेको छ । 

सभा गृहमा ४६ वटा कारहरू र ९८ वटा मोटरसाइकल एक साथ प्राकिङ्ग गर्न सकिने छन् । विशिष्ट व्यक्तिका लागि खाना खाने ठाउँ पनि सभा गृहमा निर्माण गरिएको छ । सभा गृह भित्रै प्रशासनिक कक्ष, चेन्जिङ रुम, विशिष्ट कक्षको व्यवस्था रहेको हो । सभागृहलाई सुदूरपश्चिमकै सुविधा सम्पन्न हलको रूपमा हेरिएको छ ।

प्रकाशित मिति : २५ फाल्गुन २०८१, आइतबार  ७ : २७ बजे

फोक्सो जोगाउने सूत्र : धूलो, धुवाँ र धूमपानबाट बच्नुस्

बागमती प्रदेशका चार जिल्ला फोक्सोको क्यान्सरको उच्च जोखिममा परेको एक

नेपाली शान्ति सैनिकको एक टोली स्वदेश फिर्ता

काठमाडौं– संयुक्त राष्ट्रसङ्घको आह्वानमा अबेइको अन्तरिम सुरक्षा बल मिसनमा तैनाथ

पाँच वर्षसम्म गोलबजार–लगडी–गदियानी सडक अधुरै

सिरहा– दुई वर्षभित्र सम्पन्न गर्नेगरी निर्माण सुरु भएको गोलबजार–लगडी–गदियानी सडक

आयआर्जनका लागि ‘होमस्टे’मा जोडिँदै महिला

पाल्पा- पछिल्लो समय यहाँका महिला आयआर्जन गर्न घरबास ‘होमस्टे’मा जोडिँदै

टोलटोलमा पुगेर स्वास्थ्य सेवा

गण्डकी– कास्कीको पोखरा महानगरपालिकाले ‘घरघरमा स्वास्थ्य कार्यक्रम’ अन्तर्गत ज्येष्ठ, अशक्त