अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा नबिल बैंकको वाकाथन  « Khabarhub

अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा नबिल बैंकको वाकाथन 


२५ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नबिल बैंक लिमिटेडले अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा वाकाथन आयोजना गरेको छ । ‘वुमन इन मोसन–एक्सलेरेट एक्सन’ शीर्षकमा महिलाको सहनशीलता, उपलब्धि र योगदानको उत्सव मनाउने उद्देश्यले वाकाथन आयोजना गरिएको बैंकले जनाएको छ । 

बैंकको केन्द्रीय कार्यालयमा वाकाथनको सुरुआत गर्दै बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौडेलले दिवसको अवसरमा महिलाहरूलाई शुभकामना दिँदै महिलाहरूलाई प्राथमिकता दिएको बताए ।  

बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) ज्ञानेन्द्रप्रसाद ढुंगानाले बैंकले आज मात्रै नभई मार्च महिना भरी नै विभिन्न कार्यक्रम गरी महिला दिवस मनाउन गइरहेको जानकारी दिए । ‘महिलाहरु पनि नेतृत्वका लागि अगाडि आउन जरुरी छ, त्यसका लागि बैंक विभिन्न क्षेत्रमा  अवसरहरू उपलब्ध गराउनका लागि सदैव तयार छ’, उनले भने । 

बैंकका अनुसार दिवसका अवसरमा विभिन्न १२ स्थानबाट एकैसाथ वाकाथन सुरु गरिएको थियो । काठमाडौं, विराटनगर, बिर्तामोड, जनकपुर, विरगन्ज, पोखरा, नेपालगन्ज, तुलसीपुर, सुर्खेत, धनगढी, बुटवल र नारायणगढमा भएको वाकाथनमा बैंकमा कार्यरत १२ सयभन्दा बढी कर्मचारीहरुको सहभागिता थियो । 

उक्त कार्यक्रमले लैंगिक समानताका पक्षमा सन्देश प्रवाह गर्दै समावेशी समाज निर्माणका लागि सकारात्मक परिवर्तन ल्याउनेमा बैंकले विश्वास व्यक्त गरेको छ । 

पुरुषहरूको सहभागितासँगै हिँड्नु मात्रै नभई समाजमा व्याप्त पुरानो सोच र विभेदको अन्त्यका लागि पनि जरुरी रहेको वाकाथनमा सहभागीहरूले बताए ।
 

प्रकाशित मिति : २५ फाल्गुन २०८१, आइतबार  ८ : १८ बजे

युके पठाउने भन्दै ५२ लाख ठगी गरेको आरोपमा एकजना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीका लागि युके पठाउने भन्दै ५२ लाख रुपैयाँ ठगी

भेनेजुएलामाथि दबाब कडा पार्दै ट्रम्पद्वारा प्रतिबन्धित तेल ट्याङ्कर अवरुद्ध गर्ने आदेश

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार भेनेजुएलामा जाने र त्यहाँबाट

रौनित साह एमाले केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित

काठमाडौं – नेकपा (एमाले)को ११ औं महाधिवेशनमा मधेसी युवा क्लस्टरबाट

दुई घण्टामा २०० जनाले मत हाले

काठमाडौं– नेकपा एमालेको एघारौँ महाधिवेशनको निर्वाचनमा दुई घण्टा नाघिसक्दा २००

एमाले महाधिवेशन : यस्तो छ ईश्वर प्यानलको फाइनल सूची

काठमाडौं – नेकपा (एमाले)को ११ औं महाधिवेशनमा ईश्वर पोखरेल समूहको