अब कुनै पनि बहानामा दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सार्ने छुट छैन : मन्त्री चाैधरी | Khabarhub Khabarhub

अब कुनै पनि बहानामा दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सार्ने छुट छैन : मन्त्री चाैधरी


२५ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

कर्णाली – युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले अब कुनै पनि सर्त र बहानामा दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सार्ने छुट नभएको बताएका छन् ।

आज कर्णाली प्रदेश रङ्गशाला वीरेन्द्रनगर सुर्खेतमा राष्ट्रिय खेलकुद परिषद् ‘दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता–२०८२’ मूल आयोजक समितिको सचिवालय उद्घाटन गर्दै उनले आगामी जेठ ३–१० गतेसम्म सञ्चालन हुने प्रतियोगिता तोकिएकै समयमा हुने बताए ।

“अब यो पुगेन, त्यो भएन, तलमाथि केही गर्न र भन्न पाइने छैन । आजकै दिनबाट सातै प्रदेशका मन्त्री तथा सदस्यसचिवलगायतलाई तोकिएको समयमा खेल हुने पत्र पठाइनेछ । यद्यपि कार्य सहजताका लागि कर्णाली प्रदेशको सदस्यसचिव जतिसक्दो चाँडो नियुक्त गर्न आवश्यक छ”, मन्त्री चौधरीले भने ।

प्रदेशले राष्ट्रिय गौरवको योजनाका रूपमा निर्माण गरेको कर्णाली प्रदेश रङ्गशालाका लागि मन्त्री चौधरीले पूर्व तथा बहालवाला मुख्यमन्त्रीलाई धन्यवाद दिए । पत्रकारहरूलाई अब खेल हुन्न भन्ने नलेख्न आग्रह गर्दै जेठमा गर्मीको ‘सिजन’ भएकाले प्रतिकूल अवस्थामा भए पनि राष्ट्रिय ‘रेकर्ड’ राख्ने गरी प्रतियोगिता सम्पन्न गरिने उनले प्रतिबद्धता व्यक्त गरे ।

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रतियोगिता तोकिएकै समयमा हुने विश्वास बढेको बताए । जेठमा प्रतियोगिता सञ्चालन गर्न मौसम प्रतिकूल हुने चुनौतीबारे सूचित गर्दै उनले आयोजकले अलमल पर्ने गरी काम नगर्न आग्रह गरे ।

आयोजकलाई बाहिर प्रश्न चिह्न खडा हुने काम नगर्न सुझाउँदै मुख्यमन्त्री कँडेलले आयोजकसँगको समन्वयमा व्यवस्थापनका काम गर्न प्रदेश सरकार तयार रहेको बताए । वीरेन्द्रनगर नगरपालिका प्रमुख मोहनमाया ढकालले राष्ट्रियस्तरको प्रतियोगिता कर्णालीवासीका लागि स्वागतयोग्य रहेको बताए ।

प्रकाशित मिति : २५ फाल्गुन २०८१, आइतबार  ८ : ५९ बजे

प्रि ओपन सेसन : नेप्सेमा झिनो अंकको वृद्धि

काठमाडौं– साताको तेस्रो कारोबार दिन मंगलबार प्रि ओपन सेसनमा नेपाल

बैतडीको सुर्नयामा ठेउलाबाट बालबालिका प्रभावित

बैतडी– सुर्नया गाउँपालिकाको वडा ७ र ८मा ठेउला सङ्क्रमण फैलिदा

वर्षाले विभिन्न राजमार्गका ६ स्थानमा सडक अवरुद्ध

काठमाडौं– वर्षापछिको बाढीपहिरोका कारण मंगलबार विभिन्न राजमार्गका ६ स्थानमा सडक

मुस्ताङ प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकसित हुँदै

मुस्ताङ– उत्तरदक्षिण जोड्ने राष्ट्रिय गौरवको (बेनी–जोमसोम–कोरला) सडक यातायात सहज भएसँगै

कालीगण्डकी करिडोर सडक अझै खुलेन

गुल्मी– पहिरोका कारण अवरुद्ध भएको कालीगण्डकी करिडोर सडक अझै सञ्चालन