काठमाडौं उपत्यकामा बढ्यो वायु प्रदुषण « Khabarhub

काठमाडौं उपत्यकामा बढ्यो वायु प्रदुषण


२५ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौं उपत्यकामा प्रदुषण बढेको छ । मौसम पूर्वानुमान महाशाखाले स्थानीय वायुको प्रभाव र पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण वर्षा हुन नसकेको जनाएको छ भने प्रदुषण बढेर काठमाडौँ विश्वकै प्रदुषित शहरको सूचीमा छैटौं स्थानमा उक्लिएको छ ।

‘एयर क्वालिटि इन्डेक्स’ का अनुसार आज काठमाडौं विश्वको छैटौं प्रदूषित सहरका रूपमा सुचीकृत भएको हो । यो समाचार तयार गरुन्जेल काठमाडौँको वायु प्रदूषण १५८ एक्युआई पुगेको छ । विश्वको सबैभन्दा बढी प्रदूषित सहरको रूपमा भियतनामको राजधानी हनोई सहर सुचीकृत भएको छ । हनोईको प्रदुषण २०५ एक्युआई पुगेको छ ।

त्यस्तै दोस्रोमा चीनको वुहान परेको छ भने तेस्रो प्रदूषित सहर चीनको बेजिङ छ । त्यसैगरी इरानको तेहरान चौथो तथा बङ्गलादेशको ढाका पाँचौं रहेको छ । अहिले काठमाडौँको प्रदुषण भारतको दिल्लीको भन्दा पनि बढी रहेको छ ।

१५० सम्मको एयर क्वालिटी इन्डेक्सलाई सन्तोषजनक मानिन्छ भने २०० सम्मलाई अस्वस्थ र २०१ देखि ३०० सम्म अति अस्वस्थ तथा ३०१ भन्दा माथिलाई आपत्कालीन अवस्था मानिएको छ ।

प्रकाशित मिति : २५ फाल्गुन २०८१, आइतबार  ९ : ५५ बजे

घट्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।

समानुपातिक बन्दसूचीबारे आइरहेका प्रतिक्रियाप्रति रास्वपाको ध्यानाकर्षण

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक बन्दसूचीबारे सरोकारवाला पक्षबाट प्राप्त प्रतिक्रिया

काठमाडौं महानगरले ‘हेरचाह’ सेवालाई नमूना कार्यक्रमका रूपमा सुरु गर्ने

काठमाडौं– काठमाडौँ महानगरपालिकाले ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, गर्भवती महिला

गाजामा सहायता समूहलाई रोक्नु ‘अपमानजनक’ कार्य

एजेन्सी– गाजामा दर्जनौं सहायता समूहहरूलाई जनवरीदेखि सञ्चालन गर्नबाट रोक्ने इजरायलको