स्पेस एक्स स्याटलाइटको विषयमा मस्क, रुबियो र पोल्यान्डका विदेश मन्त्रीबीच विवाद | Khabarhub Khabarhub

स्पेस एक्स स्याटलाइटको विषयमा मस्क, रुबियो र पोल्यान्डका विदेश मन्त्रीबीच विवाद


२६ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


810
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – अमेरिकी विदेश मन्त्री मार्क रुबियो, अर्बपति एलन मस्क र पोल्यान्डका विदेश मन्त्री राडास्लोस सिरोस्कीको बीच विवाद भएको छ।

युक्रेनमा रहेको मस्कको स्टारलिंक स्याटलाइटको विषयमा विवाद भएको हो।

मस्कको पोस्टलाई जवाफ दिँदै पोल्यान्डका सिरोस्कीले युक्रेनमा स्टार लिंकको स्याटलाइट बन्द भए अर्को विकल्प तयार हुनसक्ने बताएका थिए। यसको जवाफ दिँदै रुबियोले मस्कले स्याटलाइट बन्द गरेको त्यसको मूल कारण नै सिरिस्की हुने जवाफ दिएका थिए।

मस्कले सामाजिक सञ्जालमै पोल्यान्डका प्रधानमन्त्रीलाई सानो मान्छेको संज्ञा दिए। स्पेस एक्स मिसनको स्टार लिंकले ग्रामीण र विकट क्षेत्रमा हाइस्पिड इन्टरनेट प्रवाह गर्छ।

सिरिस्कीले स्टार लिंककै लागि पोल्यान्डको डिजिटाइजेसन मन्त्रालयले वर्षको ५ करोड अमेरिकी डलर तिरेको सञ्जालमा लेखेका थिए।

रुबियोले कसैले पनि युक्रेनमा स्याटलाइट बन्द गर्ने विषयमा कुरा नगरेको उल्लेख गरेका छन्।

प्रकाशित मिति : २६ फाल्गुन २०८१, सोमबार  ६ : ०५ बजे

अवरुद्ध कर्णाली राजमार्ग खुल्यो

जुम्ला – सडक भासिएपछि अवरुद्ध भएको कर्णाली राजमार्ग एकतर्फी रूपमा

गौरीघाटमा जलसतहले सतर्कता तह नाघ्यो

काठमाडौं – काठमाडौँको गौरीघाट जलमापन केन्द्रमा अहिले जलसतहले सतर्कता तह

इजरायली आक्रमणमा छ सिरियाली सैनिकको मृत्यु, दमास्कसद्वारा निन्दा

दमास्कस – सिरियाले इजरायली ड्रोन आक्रमणमा छ सैनिकको मृत्यु भएको

जुवातास खेल्ने ९ जना पक्राउ, दुई लाख भन्दा धेरै रकम बरामद

काठमाडौं – प्रहरीले जुवा तास खेल्ने, खेलाउने गरेको अभियोगमा नौ

हराएकी ‘कबड्डी मैया’ ‘रिमै’मा भेटिइन् !

काठमाडौं – ‘जे लेखिएको छ त्यो भएरै छाड्छ’ भन्ने भनाइ