बाजुरामा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु, एक घाइते  | Khabarhub Khabarhub

बाजुरामा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु, एक घाइते 


२६ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

धनगढी– बाजुरामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । खप्तड छेडेदह गाउँपालिका– ५ चिराल्नामा डोगडीबाट बुढीगंगा नगरपालिका तर्फ आउँदै गरेको भे २ त १५८८ नम्बरको ट्याक्टर गएराति दुर्घटना हुँदा ट्याक्टर चालक बुढीगङ्गा नगरपालिका– ४ खोलालवाडा बस्ने ३२ वर्षीय पदम रावतको मृत्यु भएको हो ।

ट्याक्टरको ट्रली मुनी च्यापिएका उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

ट्याक्टरमा सवार उनका १२ वर्षीय छोरा शमशेर रावत घाइते भएका छन् । घाइते बालकको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरीले जनाएको छ । सोही ट्याक्टरमा रहेका अन्य दुई जना भने सकुशल रहेका छन् ।

ट्याक्टर ओरालो सडकमा अचानक अनियन्त्रित भई सडकबाट खसेको थियो । 

प्रकाशित मिति : २६ फाल्गुन २०८१, सोमबार  ९ : १३ बजे

रास्वपाको नीलो स्कार्फबारे सभामुखले भने- दलहरू आफैं मर्यादामा बस्‍नुपर्छ

काठमाडौं- सभामुख देवराज घिमिरेले नीलो स्कार्फ लगाएर संसद्‍मा छिरेका राष्ट्रिय

संसद् अवरोधबारे पाँच दलसँग छलफल गर्दै सभामुख

काठमाडौं– चौथो ठूलो दल रास्वपाले संसद् अवरोध जारी राखेको विषयमा

नेपाल जलवायु परिवर्तनबाट प्रभावित मुलुक भएकाले निरन्तर अन्तर्राष्ट्रियकरण गर्नुपर्छ’

काठमाडौं– वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले नेपाल जलवायु परिवर्तनबाट

इजरायली हमलामा पूर्वाधिकारी मारिएपछि जिम्मेवारी सम्हालेका इरानी जनरल पनि चार दिनपछि मारिए

काठमाडौं– इजरायली आक्रमणमा परी पूर्ववर्ती मारिएपछि चार दिनअघि मात्रै जिम्मेवारी

प्रधानमन्त्रीलाई सुनचाँदी व्यवसायीको ध्यानाकर्षण

 काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुनचाँदी व्यवसायसँग सम्बन्धित सङ्घ–संस्थाका नेतृत्वले