रुपन्देही अदालतको आदेशविरुद्ध उच्च अदालत पुगे रवि « Khabarhub

रुपन्देही अदालतको आदेशविरुद्ध उच्च अदालत पुगे रवि


२६ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


243
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उच्च अदालत पुगेका छन् ।

एक करोड धरौटी लिएर छाड्ने गरी गत माघ १३ गते रुपन्देही जिल्ला अदालतबाट भएको आदेशविरुद्ध रविले उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा सोमबार निवेदन दर्ता गराएका छन् ।

बुटवलस्थित सुप्रिम सहकारी संस्थाको बचत अपचलनसँग सम्बन्धित मुद्दामा जिल्ला अदालत रुपन्देहीका न्यायाधीश प्रह्लाद योगीको इजलासले माघ १३ गते एक करोड रुपैयाँ धरौटी लिएर उनलाई थुनामुक्त गर्ने आदेश दिएको थियो।

तर गोर्खा मिडियामा उनका साझेदार एवम् पूर्वडीआईजी छविलाल जोशीलाई भने अदालतले पुर्पक्षका लागि थुनामा पठाइदिएको छ ।

फौजदारी कार्यविधिसंहिताको दफा ६८ बमोजिम धरौटी माग गरिएकोमा चित्त नबुझी त्यो बेरितको आदेश बदर गरी दफा ६९ बमोजिम साधारण तारेखमा बसी मुद्दा पुर्पक्ष गरी पाऊँ भनी लामिछानेले दफा ७३ बमोजिम उच्च अदालतमा निवेदन दिएका हुन् ।

लामिछाने त्यसअघि गत पुस २५ गते पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतमा ६५ लाख र कालिमाटीको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा माघ २ गते काठमाडौं जिल्ला अदालतमा ६० लाख धरौटी बुझाएर रिहा भएका थिए । ती दुवै अदालतमा प्रभु बैंकले ग्यारेन्टी बसिदिएपछि रवि रिहा भएका थिए ।

प्रकाशित मिति : २६ फाल्गुन २०८१, सोमबार  १ : ०४ बजे

सञ्चारमन्त्री खरेलले आज शीर्ष नेतासँग भेटवार्ता गर्ने : ११ बजे ओली भेट्न गुन्डु पुग्ने

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता जगदीश

अमेरिकाले नाइजेरियामा आईएसविरुद्ध ‘घातक हमला’ गरेको ट्रम्पको दाबी

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर–पश्चिमी नाइजेरियामा सक्रिय चरमपन्थी संगठन

विचारमा स्पष्टता नै माओ दिवसको सार्थक अर्थ हो : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी( नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

विद्युतीय प्रसारण लाइनको तार मुनीको जग्गाको कित्ताकाट गर्न पाइने

काठमाडौं – सरकारले विद्युतीय प्रसारण लाइनको तार मुनी पर्ने जग्गाको

ज्येष्ठ नागरिक समाजका अमूल्य धरोहर : मुख्यमन्त्री आचार्य

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ज्येष्ठ नागरिक समाजका अमूल्य