राजावादीको प्रदर्शनबारे देउवा- केही भएको छैन, राजतन्त्रको पक्षमा माहोल पनि छैन « Khabarhub

राजावादीको प्रदर्शनबारे देउवा- केही भएको छैन, राजतन्त्रको पक्षमा माहोल पनि छैन


२६ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


552
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूले राजतन्त्रको पक्षमा माहोल नदेखेको बताएका छन् ।

कैलालीको गेटा विमानस्थलमा सोमबार पत्रकारहरूसँगको कुराकानीमा उनले पूर्वराजा ज्ञानेन्द्र शाहको पक्षमा आफूले माहोल नदेखेको बताएका हुन् ।

राजावादीले आइतबार संघीय राजधानीमा गरेको प्रदर्शनतर्फ इंगित गर्दै सोधिएको पत्रकारको प्रश्नको जवाफ दिने क्रममा सभापति देउवाले भने, ‘त्यस्तो मैले केही माहोल देखेको छैन ।’

हिजो काठमाडौंमा अद्भूत प्रदर्शन भयो भन्ने हल्ला छ नि ? भन्ने अर्को प्रश्नमा उनले केही अद्भूत नभएको पनि जिकिर गरे । ‘कहाँ अद्भूत भयो ? केही भएकै छैन नि,’ देउवाको भनाइ थियो ।

पत्रकारले पूर्वराजा ज्ञानेन्द्रलाई छिमेकी मुलुक भारतले उचाल्ने काम गरेको हो भनेर राखेको जिज्ञासामा पनि पूर्वप्रधनमन्त्री देउवाले प्रतिक्रिया दिएका छन् । ‘कसैले उचालेर उचालिने कुरा पनि छैन,’ उनले भने, ‘उचालेको पनि थाहा छैन ।’

सभापति देउवालाई पत्रकार सम्मेलनमा ‘राजालाई उचाल्ने काम पनि भारतले गर्‍यो, प्रधानमन्त्रीलाई पनि निमन्त्रण भएको छैन भन्ने कुरो छ । त्यस्तै हो ?’ भनेर प्रश्न गरिएको थियो ।

प्रकाशित मिति : २६ फाल्गुन २०८१, सोमबार  १ : २२ बजे

ढिलासुस्ती, अनियमितता, भ्रष्टाचार पहिचान र गुनासो सुन्न सर्वोच्चमा संयन्त्र

काठमाडौं । न्यायिक काम कारबाहीमा ढिलासुस्ती, भ्रष्टाचार र अनियमितताका क्षेत्रहरू

पूर्वराजालाई भेट्न नपाएपछि शितल निवास अगाडि एक युवाले आत्मदाह प्रयास

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि

बागमती सरकारबाट बाहिरियो एमाले, भोलि मन्त्रीहरूले राजीनामा बुझाउने

काठमाडौं । बागमती प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ ।

वरिष्ठ पशु चिकित्सक घिमिरेलाई सेवाबाट हटाउने निर्णय

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले पशु सेवा विभागका

पक्राउ पुर्जी रोक्न कांग्रेस सांसद अभिषेकप्रताप शाह सर्वोच्चमा

काठमाडौं । आफूविरुद्ध जारी भएको पक्राउ पुर्जी बदरको माग राखेर