अनेरास्ववियुको चुनावी घोषणापत्र सार्वजनिक « Khabarhub

अनेरास्ववियुको चुनावी घोषणापत्र सार्वजनिक


२६ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावको घोषणापत्र सार्वजनिक गरेको छ । सोमबार अनेरास्ववियु कर्णाली प्रदेश कमिटीले स्ववियु निर्वाचन विशेष प्रतिबद्धता–पत्र सार्वजनिक गरेको हो ।

आगामी चैत्र ५ गते हुने स्ववियु चुनावलाई लक्षित गरेर घोषणा-पत्र सार्वजनिक गरेको छ । 

बहालमा बस्ने विद्यार्थीहरूका लागि सहुलियत दरमा इन्डक्सन चुलोको व्यवस्थाका लागि पहल गर्ने घोषणापत्र सार्वजनिक गर्दै अनेरास्ववियु कर्णाली प्रदेश कमिटी अध्यक्ष राजेश वलीले प्रतिबद्धता जनाए । 

सडक सञ्जालले नजोडिएका विकल्पविहीन हवाई यात्रामा विद्यार्थी छुटका लागि पहल गर्ने, विद्यार्थीहरूको स्वास्थ्य बीमालाई प्रभावकारी कार्यान्वयन गर्न पहल गर्ने अनेरास्ववियुले प्रतिबद्धता–पत्र सार्वजनिक गरेको छ । 

स्थानीय तहको सरकारसँग समन्वय गरी बहालमा बस्ने विद्यार्थीहरूलाई घर भाडा छुटको व्यवस्था मिलाउन पहल गर्ने, अनेरास्ववियुको आन्दोलनको महत्त्वपूर्ण उपलब्धिका रूपमा रहेको यातायातमा ४५ प्रतिशत भाडा छुटको व्यवस्थालाई प्रभावकारी कार्यान्वयन गर्ने, लामो दुरीको यातायातमा अनिवार्य छुटको व्यवस्था मिलाउन पहल गर्ने घोषणापत्रमा उल्लेख छ ।

अनेरास्ववियुले प्रत्येक आङ्गिक क्याम्पसमा आकस्मिक/प्राथमिक स्वास्थ्योपचार केन्द्रलाई थप व्यवस्थित गर्ने, बहालमा बस्ने विद्यार्थीहरूलाई विद्युत् महसुलमा २५ युनिटसम्म निःशुल्क प्रयोग गर्न पाउने छुटको व्यवस्था गर्न पहल गर्ने जनाएको छ ।

घोषणापत्र सार्वजनिक कार्यक्रममा नेकपा एमाले स्थायी कमिटी सदस्य एवम् कर्णाली इन्चार्ज गोरख बहादुर बोगटी, सुर्खेत जिल्ला उपाध्यक्ष मोहन बुडुवाल लगायतका नेताको सहभागिता रहेका थियो ।

प्रकाशित मिति : २६ फाल्गुन २०८१, सोमबार  ५ : ३१ बजे

वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा निर्विरोध

नवनिर्वाचित कांग्रेस उपसभापति भुसाल भन्छिन्- चुनाव लड्न चाहन्थेँ, साथीहरुले माया गर्नुभयो

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित

कांग्रेस महाधिवेशनमा मनोनयन सकियो, सहमहान्त्रीमा उम्मेदवारको ताँती

काठमाडौं- राजधानीमा जारी नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत मंगलबार विभिन्न पदका लागि

आजका समाचार : कांग्रेस महाधिवेशनमा मनोनयन दर्ता, विश्व र पुष्पा निर्विरोध, टीकाको साइत सार्वजनिक  र भौतिकशास्त्रतर्फ नोबेल पुरस्कार

कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्तानेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति

निजी क्षेत्रलाई नीति निर्माण र कार्यान्वयनको प्रक्रियामा सहभागी गराउनुपर्ने : अध्यक्ष श्रेष्ठ

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु परिवर्तनका