रविको आक्रोश- मलाई पुर्न खनेको खाडलमा अब सबै जाकिन्छन् | Khabarhub Khabarhub

रविको आक्रोश- मलाई पुर्न खनेको खाडलमा अब सबै जाकिन्छन्


२६ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.2k
Shares
  • change font
  • change font
  • change font

भैरहवा- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई सरकारले छलकपट गरेर संसद् प्रवेश गर्न नदिएको आरोप लगाएका छन् ।

सहकारी ठगी मुद्दाको पहिलो तारिख बुझ्न सोमबार रुपन्देही जिल्ला अदालत पुगेका लामिछानेले यस्तो बताएका हुन् ।

बहस सकिएपछि जिल्ला अदालत बाहिर पत्रकारसँग कुरा गर्दै लामिछानेले भने, ‘सरकारले मलाई पुर्न भनेर खनेको खाडल सानो खन्नुपर्‍थ्यो । तर यति ठूलो खाल्डो खन्यो कि त्यसमा अब सबै जना जाकिन्छन् ।’

उनलाई आगामी वैशाख २३ गते अर्को तारिख दिइएको अदालतका श्रेस्तेदार यज्ञमूर्ति ज्ञवालीले बताए । लामिछानेले सोम नम्बर ७ फाँटमा तारिख बुझेको उनले बताए ।

जिल्ला सरकारी वकिल कार्यालयले सुप्रिम सहकारी ठगी र संगठित अपराधमा लामिछानेसहित २२ जनालाई गत ५ माघमा रूपन्देही जिल्ला अदालतमा पूरक मुद्दा दर्ता गरेको थियो ।

उक्त मुद्दामा रुपन्देही जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले १३ माघमा तत्काल प्राप्त प्रमाणका आधारमा लामिछानेले कसुर नगरेको विश्वास गर्नुपर्ने मनासिव आधार नदेखिएको भन्दै पछि ठहरेबमोजिम हुने गरी एक करोड धरौटीमा छोड्ने आदेश गरेको थियो ।

लामिछानेले सोमबार नै तुलसीपुर उच्च अदालत बुटवल इजलासमा जिल्ला अदातलको आदेशविरुद्ध पुनरावेदन दर्ता गराएका छन् ।

उनले साधारण तारेखको माग गरेका छन् । लामिछानेलाई एक करोड धरौटीमा छाड्ने आदेशविरुद्ध सरकारी वकिलको कार्यालयले यसअघि नै पुनरावेदन दिइसकेको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०८१, सोमबार  ७ : ५५ बजे

फाप्लु अस्पतालमा क्षमताभन्दा बढी बिरामीको चाप

सोलुखुम्बु– सोलुखुम्बुको फाप्लु जिल्ला अस्पतालले क्षमताभन्दा बढी सेवा दिनुपर्दा समस्या

ट्रम्पको हस्तक्षेपले रोकिएन अमेरिकामा आप्रवासीको प्रदर्शन

लस एन्जलस – अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय सुरक्षा गार्डको

ज्येष्ठ नागरिकलाई सम्मान

ओखलढुङ्गा– ओखलढुङ्गाको सुनकोशी गाउँपालिकाले आइतबार सार्वजनिक सुनुवाइका साथै ज्येष्ठ नागरिकलाई

सदरमुकामकै सडक एक दशकदेखि जीर्ण

पर्वत– पर्वतको जिल्ला सदरमुकाम कुश्मा बजारभित्रकै एक सडक विगत १०

रजनीकान्तले एकै फिल्मबाट लिए २८० करोड, बने एसियकै महँगो नायक

काठमाडौं – ७४ वर्षीय भारतीय सुपरस्टार रजनीकान्त एसियाकै महँगो नायकका