राप्रपाले भन्यो- राजालाई पनि अटाउने नयाँ समझारी गर्न दलहरू तयार हुनुपर्छ « Khabarhub

राप्रपाले भन्यो- राजालाई पनि अटाउने नयाँ समझारी गर्न दलहरू तयार हुनुपर्छ


२६ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


480
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीले अब राजासहितको नयाँ समझदारीमा जानुपर्ने निष्कर्ष निकालेको छ ।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा सोमबार केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको पदाधिकारी बैठकले यस्तो निष्कर्ष निकालेको हो ।

राप्रपाले पूर्वराजालाई राजाकै संज्ञा दिँदै उनको सम्मान र स्वागतको कार्यक्रममा सफलतापूर्वक सम्पन्न भएको निष्कर्ष निकालेको छ।

‘राजा’को स्वागतमा ठूलो संख्यामा विमानस्थल र सडकमा उपस्थित आमनागरिकमा राप्रपा हार्दिक धन्यवाद एवम् कृतज्ञता ज्ञापन गर्दछ’, बैठकपछि राप्रपा प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठले भनेका छन्, ‘आमनागरिकको विशाल र उत्साहजनक उपस्थितिले नेपालमा राजसंस्थाको आवश्यकता र अपरिहार्यता प्रमाणित भएको छ।’

राप्रपाले आमनागरिकको चाहना, देशको आवश्यकता, सडकमा प्रतिबिम्वित जनभावनाअनुरुप मुलुकलाई निकास दिन अब नयाँ समझदारीमा जानुपर्ने जनाएको छ।

‘कसैलाई निषेध नगर्ने व्यवस्थाका लागि ‘नवीन समझदारी’ गर्न राप्रपा सबै राजनीतिक दललाई आह्वान गर्दछ’, वक्तव्यमा भनिएको छ, ‘यसका लागि आवश्यक संवादको थालनी गर्नसमेत राप्रपा सबै राजनीतिक दललाई आग्रह गर्दछ ।’

प्रकाशित मिति : २६ फाल्गुन २०८१, सोमबार  ८ : ०८ बजे

चितवनविरुद्ध जनकपुरका अनिल शाहको अर्धशतक

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत मंगलबारको

देश विकासका लागि श्रमदान अपरिहार्य : हर्क साम्पाङ 

धरान – देशको दिगो विकासका लागि श्रमदान अपरिहार्य भएको श्रम

चितवनविरुद्ध जनकपुरका माज सदाकतको अर्धशतक

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत मंगलबारको पहिलो

नवलपुरमा धान उत्पादन बढ्यो

त्रिवेणी– नवलपरासी (बर्दघाट सुस्तापूर्व)नवलपुरमा धान उत्पादनमा वृद्धि भएको छ । 

लुम्बिनी र रामग्राममा ‘विश्व शान्ति कार्यक्रम’ आयोजना हुने

काठमाडौं– लुम्बिनी र रामग्राममा तेस्रो संस्करणको ‘विश्व शान्ति कार्यक्रम’ आयोजना