भत्ताको रकमबाट विद्यार्थीलाई पोसाक « Khabarhub

भत्ताको रकमबाट विद्यार्थीलाई पोसाक


२६ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

ओखलढुङ्गा – यहाँको सिद्धिचरण नगरपालिका–११ का वडाध्यक्ष विनोदकुमार ताम्रकारले विद्यार्थीलाई पोसाक वितरण गरेका छन् ।

आफूले प्राप्त गरेको भत्ता वापतको रकमबाट सोही वडाको अन्तरराष्ट्रिय युवा वर्ष आधारभूत विद्यालय वितलवका १४ जना विद्यार्थीलाई आज विद्यालय पोसाक र स्टेशनरी सामग्री वितरण गरेका हुन् ।

सामुदायिक विद्यालयमा विपन्न छोराछोरी अध्ययन गर्ने भएकाले, उनीहरुलाई पठनमाठनमा सहयोग पु-याउने उद्देश्यले पोसाक र स्टेशनरी सामग्री वितरण गर्दै आएको अध्यक्ष ताम्राकारले बताए ।

गतवर्ष सदरमुकामस्थित बालमन्दिरका विद्यार्थीलाई ट्रयाकसुट वितरण गरेका थिए । यसवर्ष सदरमुकाम नजिकै रहेको युवा वर्ष आविका विद्यार्थीलाई सरकारी मापदण्ड अनुसारको सर्टपाइन्ट, स्वीटर, जुत्ता र टोपीका साथै पेन्सिल, र कापी वितरण गरेका हुन् ।

प्रकाशित मिति : २६ फाल्गुन २०८१, सोमबार  १० : १९ बजे

अरूको बैंक खाता प्रयोग गर्ने तीन महिला पक्राउ

झापा । आर्थिक रूपमा कमजोर तथा मजदुरी गरेर जीविका चलाउने

हानि र नोक्सानी सम्बोधन कोषले पठायो नेपालको पत्रको जवाफ

काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको हानि र

रसुवा बाढी : जलविद्युत आयोजनामा कार्यरत ९१६ जना सम्पर्कविहीन

काठमाडौं । भदौ १० गते रसुवाको भोटेकाटी हुँदै त्रिशूली नदीमा

इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद र ५० हजार जरिबाना

काठमाडौँ – सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई साढे ५ वर्ष

विपद्को समयमा सबैको साथ र सहयोग आवश्यक छ: प्रचण्ड

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल