विद्यार्थीद्वारा पोलिटेक्निकमा तोडफोड « Khabarhub

विद्यार्थीद्वारा पोलिटेक्निकमा तोडफोड


२६ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बनेपा- काभ्रेपलाञ्चचोकको बनेपा नगरपालिका–५ आजादडाँडामा रेहको नेपाल–बनेपा पोलिटेक्निकमा विद्यार्थीहरुले तोडफोड गरेका छन् ।

करार सेवाका कर्मचारीहरुले चार दिन अगाडिदेखि जारी राखेको आन्दोलनका कारण दुई दिनदेखि आफूहरुको सुचारु रहेको परीक्षा रोकिएको र बारम्बार प्रशासनलाई जानकारी गराउँदा पनि सम्बोधन नगरेको भन्दै आक्रोशित विद्यार्थीहरुले शिक्षालयको प्रशासकीय भवनमा तोडफोड गरेका हुन् ।

तोडफोडबाट भवनको तीन वटा सिसामा क्षति पुग्नुका साथै भवनको मुख्य प्रवेशद्वार दायाँबायाँ सजाएर राखिएका गमलाहरु फुटेका छन् । चलिरहेको परीक्षा विना सूचना हिजोबाट रोकिएको र बारम्बार प्रशासनलाई परीक्षा सञ्चालन गर्न आग्रह गर्दा पनि कुनै सुनुवाइ नभएपछि तोडफोड गर्न बाध्य भएको विद्यार्थीहरुले बताएका छन् ।

विद्यार्थीहरुले आफूहरुको भविश्यमाथि खेलबाड भएको भन्दै तत्काल परीक्षा सञ्चालन गर्नुपर्ने माग गरेका छन् । परीक्षा रोकिएको बारेमा प्रशासनको प्रस्ट धारणा आउनुपर्ने र तत्काल परीक्षा सुचारु गर्नुपर्ने विद्यार्थीहरुको माग छ ।

शिक्षालयका लेखा अधिकृत राजकुमार पुडासैनीले विद्यार्थीहरुको परीक्षा चलिरहेको र त्यही क्रममा हुनुपर्ने प्रयोगात्मक परीक्षा रोकिएपछि विद्यार्थीहरुले तोडफोड गरेको बताए । “२२ गतेदेखि परीक्षा शुरु भएकोमा हिजो र आज रोकियो, उता कर्मचारी साथीहरुले राखेको माग शिक्षालय आफैँले तत्काल पूरा गर्न सकिने अवस्था नभएकाले हामीले पनि माथिल्लो निकायमा जानकारी गराएका छौँ, त्यहीँबाट निर्णय आउनुपर्छ”, पुडासैनीले भने ।

कर्मचारीहरुले गरिरहेको आन्दोलन र विद्यार्थीहरुको परीक्षा रोकिनु आफूहरुको क्षमताभन्दा बाहिरको कुरा भएकाले सो विषयमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्मा समेत जानकारी गराइसकेकोले त्यहाँबाट जे निर्णय हुन्छ, त्यहीअनुसार हुने उनको भनाइ छ ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्अन्तर्गतको आङ्गिक शिक्षालय ‘नेपाल–बनेपा पोलिटेक्निक इन्स्टिच्यूट’मा कार्यरत पाँच जना आफ्नो करार सेवाका साथीहरुको नियुक्ति म्याद थप नगरिएको भन्दै राष्ट्रिय कर्मचारी सङ्गठन ९सिटिइभिटी० र कर्मचारी संघ९सिटिइभिटी०ले संयुक्त रूपमा चार दिनदेखि आन्दोलन गर्दै आएका छन् ।

कर्मचारीहरुले शिक्षालय प्रशासनद्वारा कर्मचारी हकहित विरुद्ध हुने गरी करार सेवामा कार्यरत पाँच कर्मचारीको नियुक्ति म्याद थप नगरिएपछि आन्दोलन गरेको जनाएका छन् । कर्मचारीहरुले आफूहरुको मागको सम्बोधन नगरिए २८ गतेदेखि शिक्षालयमा तालाबन्दी गर्न बाध्य हुने जनाएका छन् ।

शिक्षालय प्रशासनले कर्मचारीहरुले राखेको मागको सम्बोधन नगरेपछि त्यहाँ अध्ययनरत विद्यार्थीहरुको प्रयोगात्मक परीक्षासमेत हिजोबाट रोकिएको छ । शिक्षालयमा विभिन्न विषयका गरी करीब ५०० विद्यार्थीहरु अध्ययनरत छन् ।

प्रकाशित मिति : २६ भाद्र २०७६, बिहीबार  ७ : २५ बजे

नबिल बैंकद्वारा ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान

काठमाडौं– नबिल बैंक लिमिटेडले ‘ग्लोबल मनी विक’ अभियानअन्तर्गत ११ हजारभन्दा

इनड्राइभले दियो ‘प्लेटिनम ड्राइभर्स गिभअवे’ अभियानका विजेतालाई पुरस्कार

काठमाडौं– इनड्राइभले ‘प्लेटिनम ड्राइभर्स गिभअवे’ अभियानका विजेताहरूलाई काठमाडौंमा आयोजित कार्यक्रममार्फत

‘आबाट आमा’को सिक्वेलको सुटिङ वैशाखमा, पल र विपना दोहोरिए

काठमाडौं – केही दिनअघि मात्रै प्रदर्शनमा ५१ दिन मनाएको फिल्म

एनएमबि बैंकद्वारा ‘ग्लोबल मनी वीक २०२६’ को अवसरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं– एनएमबि बैंकले ‘ग्लोबल मनी वीक २०२६’ को अवसरमा देशभर

निफमा ‘रसियन फिल्म डेज’ हुने, यी चार फिल्म स्क्रिनिङ हुँदै

काठमाडौं – चैत १९ देखि २३ सम्म हुन लागेको नवौं