मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ? | Khabarhub Khabarhub

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?


२७ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार आज अघिल्लो दिनको तुलनामा अमेरिकी डलर, युरोपियन युरो, युके पाउन्ड स्ट्रलिङ, स्वीस फ्र्याङ्कलगायत केही विदेशी मुद्राको मूल्य बढेको छ।

निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३९ रुपियाँ ४४ पैसा र बिक्रीदर १४० रुपियाँ ०४ पैसा कायम भएको छ।

युरोपियन युरो एकको खरिद दर १५१ रुपियाँ ३१ पैसा र बिक्रीदर १५१ रुपियाँ ९६ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८० रुपियाँ २२ पैसा र बिक्रीदर १८० रुपियाँ ९९, स्वीस फ्र्याङ्क एकको खरिददर १५९ रुपियाँ र बिक्रीदर १५९ रुपियाँ ६८ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपियाँ २० पैसा र बिक्रीदर ८८ रुपियाँ ५८ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रुपियाँ ९८ पैसा र बिक्रीदर ९७ रुपियाँ ४० पैसा, सिङ्गापुर डलर एकको खरिददर १०४ रुपियाँ ७८ पैसा र बिक्रीदर १०५ रुपियाँ २३ पैसा निर्धारण गरिएको छ।

जापानी येन १० को खरिददर नौ रुपियाँ ४८ पैसा र बिक्रीदर नौ रुपियाँ ५२ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ २१ पैसा र बिक्रीदर १९ रुपियाँ २९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपियाँ १७ पैसा र बिक्रीदर ३७ रुपियाँ ३३ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपियाँ २६ पैसा र बिक्रीदर ३८ रुपियाँ ४२ पैसा कायम भएको छ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपियाँ १३ पैसा र बिक्रीदर चार रुपियाँ १४ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपियाँ ९७ पैसा र बिक्रीदर ३८ रुपियाँ १३ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपियाँ ५२ पैसा र बिक्रीदर ३१ रुपियाँ ६६ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपियाँ ५८ पैसा र बिक्रीदर नौ रुपियाँ ६२ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १३ रुपियाँ ८० पैसा र बिक्रीदर १३ रुपियाँ ८६ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपियाँ २९ पैसा र बिक्रीदर २० रुपियाँ ३७ पैसा तोकिएको छ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपियाँ ९५ पैसा र बिक्रीदर १८ रुपियाँ ०३ पैसा, कुवेती दिनार एकको खरिददर ४५२ रुपियाँ ६५ पैसा र बिक्रीदर ४५४ रुपियाँ ६० पैसा, बहराइन दिनार एकको खरिददर ३६९ रुपियाँ ८७ पैसा र बिक्रीदर ३७१ रुपियाँ ४६ पैसा, ओमनी रियाल एकको खरिददर ३६२ रुपियाँ २० पैसा र बिक्रीदर ३६३ रुपियाँ ७५ पैसा रहेको छ। भारतीय रुपियाँ १०० को खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।

प्रकाशित मिति : २७ फाल्गुन २०८१, मंगलबार  ६ : १३ बजे

भारतीय प्रधानमन्त्री मोदी मौरिसस भ्रमणमा

काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने औपचारिक भ्रमणका

२०३० सम्म भारतमा प्रविधिको बजार ३ खर्ब ५० अर्ब डलर पुग्ने रक्षामन्त्री सिंहको दाबी

काठमाडौं – भारतीय रक्षामन्त्री राजनाथ सिंहले सन् २०३० सम्म आफ्नो

फ्रान्सेली नागरिकलाई नेपाल भ्रमण गर्न मन्त्री पाण्डेको आग्रह

पेरिस – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेले

सन् २०२६ मा भारतको जीडीपी ६.५ प्रतिशतले बढ्ने पूर्वानुमान

काठमाडौं – आगामी वर्ष सन् २०२६ मा भारतको वास्तविक कुल

समाजवादी मोर्चाले चैत १५ गते गणतन्त्रको पक्षमा प्रदर्शन गर्ने

काठमाडौं – समाजवादी मोर्चाले चैत १५ गते काठमाडौंमा गणतन्त्रको पक्षमा