संसद्‍मा एमालेले भन्यो- संग्रहालयमा थन्किएको राजतन्त्र फर्किने सपना नदेखे हुन्छ « Khabarhub

संसद्‍मा एमालेले भन्यो- संग्रहालयमा थन्किएको राजतन्त्र फर्किने सपना नदेखे हुन्छ


२७ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख सत्तारूढ नेकपा एमालेले संग्रहालयमा थन्किसकेको राजतन्त्र फर्किने सपना नदेख्न चेतावनी दिएको छ ।

मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा एमालेले पूर्वराजा ज्ञानेन्द्र शाहको विषय उठाउँदै यसो भनेको हो । बैठकमा बोल्दै नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले संग्रहालयमा थन्किएको राजतन्त्र फर्कन्छ भन्ने सपना नदेख्न आग्रह गरे ।

बर्तौलाले संविधानको धारा १ मा र २ विरुद्ध पूर्वराजा ज्ञानेन्द्र शाह निस्किएको भन्दै उनलाई सचेतसमेत गराए ।

‘पूर्व राजाको उक्साहटबाट अराजक गतिविधि भइरहेका छन् । यो सबै काम पूर्व राजाले गर्ने उक्साएका छन्’, उनले भने, ‘भारतीय जनता पार्टी र उत्तर प्रदेशका मुख्यमन्त्रीको फोटोसमेत देखियो । यो संविधानविरोधी काम हो । यसबारे म सदनको ध्यानाकर्षण गराउँछु ।’

बर्तौलाले राजाको शासनका बेला बज्ने राष्ट्रगान गाएर नेपालको राष्ट्रगानमाथि गम्भीर प्रहार गरिएकोसमेत दाबी गरे ।

‘लोकतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन । लोकतन्त्रको विकल्प निरकुश तन्त्र हुँदैन,’ उनले भने, ‘संग्रहालयमा थन्किएको राजतन्त्रले फेरि पनि हुकुम प्रमाङ्गीका माध्यमबाट देश चलाउँछु भन्ने सपना देख्ने र देख्न लगाउने ?’

प्रकाशित मिति : २७ फाल्गुन २०८१, मंगलबार  १ : ३४ बजे

चितवनविरुद्ध जनकपुरका अनिल शाहको अर्धशतक

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत मंगलबारको

देश विकासका लागि श्रमदान अपरिहार्य : हर्क साम्पाङ 

धरान – देशको दिगो विकासका लागि श्रमदान अपरिहार्य भएको श्रम

चितवनविरुद्ध जनकपुरका माज सदाकतको अर्धशतक

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत मंगलबारको पहिलो

नवलपुरमा धान उत्पादन बढ्यो

त्रिवेणी– नवलपरासी (बर्दघाट सुस्तापूर्व)नवलपुरमा धान उत्पादनमा वृद्धि भएको छ । 

लुम्बिनी र रामग्राममा ‘विश्व शान्ति कार्यक्रम’ आयोजना हुने

काठमाडौं– लुम्बिनी र रामग्राममा तेस्रो संस्करणको ‘विश्व शान्ति कार्यक्रम’ आयोजना