संसद्‍मा एमालेले भन्यो- संग्रहालयमा थन्किएको राजतन्त्र फर्किने सपना नदेखे हुन्छ « Khabarhub

संसद्‍मा एमालेले भन्यो- संग्रहालयमा थन्किएको राजतन्त्र फर्किने सपना नदेखे हुन्छ


२७ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख सत्तारूढ नेकपा एमालेले संग्रहालयमा थन्किसकेको राजतन्त्र फर्किने सपना नदेख्न चेतावनी दिएको छ ।

मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा एमालेले पूर्वराजा ज्ञानेन्द्र शाहको विषय उठाउँदै यसो भनेको हो । बैठकमा बोल्दै नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले संग्रहालयमा थन्किएको राजतन्त्र फर्कन्छ भन्ने सपना नदेख्न आग्रह गरे ।

बर्तौलाले संविधानको धारा १ मा र २ विरुद्ध पूर्वराजा ज्ञानेन्द्र शाह निस्किएको भन्दै उनलाई सचेतसमेत गराए ।

‘पूर्व राजाको उक्साहटबाट अराजक गतिविधि भइरहेका छन् । यो सबै काम पूर्व राजाले गर्ने उक्साएका छन्’, उनले भने, ‘भारतीय जनता पार्टी र उत्तर प्रदेशका मुख्यमन्त्रीको फोटोसमेत देखियो । यो संविधानविरोधी काम हो । यसबारे म सदनको ध्यानाकर्षण गराउँछु ।’

बर्तौलाले राजाको शासनका बेला बज्ने राष्ट्रगान गाएर नेपालको राष्ट्रगानमाथि गम्भीर प्रहार गरिएकोसमेत दाबी गरे ।

‘लोकतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन । लोकतन्त्रको विकल्प निरकुश तन्त्र हुँदैन,’ उनले भने, ‘संग्रहालयमा थन्किएको राजतन्त्रले फेरि पनि हुकुम प्रमाङ्गीका माध्यमबाट देश चलाउँछु भन्ने सपना देख्ने र देख्न लगाउने ?’

प्रकाशित मिति : २७ फाल्गुन २०८१, मंगलबार  १ : ३४ बजे

सशस्त्र प्रहरीलाई सीमा सुरक्षामा थप जिम्मेवार बन्न महानिरीक्षकको निर्देशन

कपिलवस्तु – सशस्त्र प्रहरी बल नेपाल नं ५ विन्ध्यवासिनी बाहिनी

व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र जनताका लागि केन्द्रित हुनुपर्छ : अध्यक्ष बिजुक्छे

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सत्तामा

खोरसोरमा पर्यटकको आकर्षण : ‘गोविन्दे’ र ‘रोनाल्डो’ को रजगज

नारायणगढ – पर्यटकीय दृष्टिकोणले ‘अफसिजन’ (बेमौसम) मानिने वर्षातको समयमा पनि

भदौरे वर्षातले धानबालीलाई राहत

महोत्तरी – भदौरे वर्षातले महोत्तरीमा धानबालीलाई राहत मिलेको छ ।

पार्टी पुनर्गठनको हल्ला बेमौसमी बाजा र अध्यक्षबाट मलाई हटाउने षड्यन्त्र हो : ओली

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनर्गठनको