बाहुनडाँगीमा बाँदर आतंक, स्थानीय हैरान  « Khabarhub

बाहुनडाँगीमा बाँदर आतंक, स्थानीय हैरान 


२७ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– मेचीनगर नगरपालिका–४ मा हात्तीभन्दा बढी बाँदरले आतंक मच्चाउन थालेको स्थानीयको गुनासो छ । स्थानीयका अनुसार बाँदरले खेतबारीमा लगाएको अन्नबाली मात्र नभएर घरमै भण्डारण गरेको अन्न र पकाएर राखेको भातसमेत खाइदिएर हैरान पारेको छ । 

कोरोना महामारीका समयमा बस्ती पसेका बाँदरले निरन्तर दुःख दिन थालेपछी स्थानीय हैरान भएका हुन् । वडा नं ४ की ४५ वर्षीया लीला बस्नेतले बाँदरका कारण बसाइँ सर्नुपर्ने अवस्था सिर्जना भएको बताइन्।

 ‘बारीको त कुरा छाडौँ, न पकाएर राखेको भात पनि खान पाउन छाडियो,’ उनले भनिन् ‘हात्तीले त दुःख दिएकै थियो अब बाँदरले पनि बसिखान दिएन, बसाइ नै हिँड्नुपर्ने भइसक्यो ।’

 उनले पहिला पहिला मान्छे देख्ने बित्तिकै भाग्ने बाँदर अचेल महिला केटाकेटी मात्र देखे भने झम्टिएर आउने गरेको बताए।

बारीमा लगाएको मकै, गहुँ, केरा, सुपारीलगायत मौसमी अन्नबाली र फलफूल सबैमा बाँदरले क्षति गर्दै आएको स्थानीय कुसुम गौतमले बताइन्। स्थानीय क्षेत्रको चिया बगान, सामुदायिक वन र बाँसघारीलाई बासस्थान बनाएर बसेका बाँदर नखेद्ने हो भने बाँहुनडाँगीवासीले गाउँ छाडेर हिँड्नको विकल्प नभएको उनको भनाइ छ । 

मेचीनगर–४ का वडाध्यक्ष अर्जुन कार्कीले विगत पाँच वर्षदेखि बाहुनडाँगी क्षेत्रमा बाँदरले दुःख दिँदै आएको बताए। उनले हाल बाहुनडाँगीमा जंगली हात्तीको आतंकभन्दा बाँदर आतंक बढी भएको बताए।

‘हात्तीले त खेतबारीको अन्नबाली मात्र खाइदिन्थ्यो’, उनले भने, ‘बाँदरले त चुलोमा पकाएर राखेको भात नै खाइदिँदोरहेछ, यसको नियन्त्रणबारे छलफल भइरहेको छ विधि पत्ता लगाउन सकेका छैनौँ ।’ 

उनले किसानलाई थोरै भए पनि राहत उपलब्ध गराउने उद्देश्यले वन्यजन्तुबाट अन्नबालीमा पुर्याएको क्षतिको वडामा परेका निवेदनका आधारमा राहत दिँदै आएको बताए।

उनले किसानलाई राहत दिने उद्देश्यले नै निकट भविष्यमै बाहुनडाँगीवासीका सबै प्रकारका कृषि बालीमा बिमा गरिदिने सोच राखेको बताए।
 

प्रकाशित मिति : २७ फाल्गुन २०८१, मंगलबार  १ : ५५ बजे

परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्रीबीच टेलिफोन वार्ता

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राज्य अमेरिकाकी राजनीतिक मामिला

स्वास्थ्य मन्त्रालयमा थपियो ९७७ दरबन्दी

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको संगठन तथा व्यवस्थापनको

रोड टु यूएफसी : सेमिफाइनलमा रविन्द्र न्यूजिल्याण्डका कासिबसँग भिड्ने

काठमाडौं – नेपालका युवा एमएमए स्टार रविन्द्र ढाँट अब ‘रोड

वैद्यज अर्गनाइजेसनले पायो अल्ट्राभोइलेटको आधिकारिक बिक्रेता

काठमाडौँ । नेपालको अग्रणी अटोमोबाइल घराना वैद्यज अर्गनाइजेसन नेपालका लागि

आर्थिक गणना : दश लाख बढी व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन

काठमाडौं – राष्ट्रिय तथ्याङ्क कार्यालयले दोस्रो चरणको आर्थिक गणनाअन्तर्गत करिब