राजावादीलाई उचाल्न देश बाहिरबाट पनि चलखेल भयो : प्रचण्ड « Khabarhub

राजावादीलाई उचाल्न देश बाहिरबाट पनि चलखेल भयो : प्रचण्ड


२७ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


345
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी शर्मा ओली नेतृत्वको गठबन्धन सरकारको विगत सात महिनाको कुशासनको परिणाम राजावादीहरू सडकमा उत्रिएको बताएका छन् ।

प्रमुख प्रतिपक्षी दलको नेताका रुपमा मंगलबार प्रतिनिधिसभालाई सम्बोधनका क्रममा वर्तमान सरकारको अक्षमताका कारण देशका हरेक तप्का र समुदाय आन्दोलनको मोडमा पुगे‍को पनि बताए ।

दाहालले फागुन २५ भएको राजावादीको आन्दोलनमा विदेशी शक्तिको चलखेलसमेत रहेको बताएका छन् । ‘राजावादी यसरी सक्रिय हुनुमा संगठित शक्ति लागेको छ’, उनले भने, ‘देशभित्रबाट मात्रै होइन, विदेशी शक्तिले पनि राजावादीलाई उकास्न चलखेल गरेका छन् ।’

उनले विश्वका कयौँ देशमा राजतन्त्र अन्त्य हुँदा काटिएको र मारिएको स्मरण गर्दै नेपालमा भने सम्मानजनक रुपमा नागरिकको हैसियत दिएर बिदा गरिएको पनि बताए । नेपालमा लोकतन्त्रले राजावादीलाई बोल्ने हक दिएको बताउँदै तर धेरै चलखेल नगर्न पनि चेतावनी दिए ।

प्रकाशित मिति : २७ फाल्गुन २०८१, मंगलबार  २ : ०३ बजे

चितवनविरुद्ध जनकपुरका अनिल शाहको अर्धशतक

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत मंगलबारको

देश विकासका लागि श्रमदान अपरिहार्य : हर्क साम्पाङ 

धरान – देशको दिगो विकासका लागि श्रमदान अपरिहार्य भएको श्रम

चितवनविरुद्ध जनकपुरका माज सदाकतको अर्धशतक

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत मंगलबारको पहिलो

नवलपुरमा धान उत्पादन बढ्यो

त्रिवेणी– नवलपरासी (बर्दघाट सुस्तापूर्व)नवलपुरमा धान उत्पादनमा वृद्धि भएको छ । 

लुम्बिनी र रामग्राममा ‘विश्व शान्ति कार्यक्रम’ आयोजना हुने

काठमाडौं– लुम्बिनी र रामग्राममा तेस्रो संस्करणको ‘विश्व शान्ति कार्यक्रम’ आयोजना