प्रचण्डलाई गगनको जवाफ- म हुँदा सबै ठिक, म नहुँदा सबै बिग्रियो भन्ने भ्रम त्याग्नुस् « Khabarhub

प्रचण्डलाई गगनको जवाफ- म हुँदा सबै ठिक, म नहुँदा सबै बिग्रियो भन्ने भ्रम त्याग्नुस्


२७ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


399
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले राजावादी सडकमा आउनुको कारणमा सबै सरकार मात्रै दोषी नभएको बताएका छन् ।

प्रतिनिधि सभाको मंगलबार बसेको बैठकको विशेष समयमा बोल्दै उनले यस्तो बताएका हुन् ।

आफू हुँदा मात्रै सबै म ठिक, तर आफू बाहिरिएपछि सबै बेठिक भयो भन्ने हाँस्यास्पद कुरा नगर्न उनले प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सुझाए ।

उनले प्रचण्डलाई जवाफ दिँदै सबै आरोप सरकारलाई मात्रै लगाएर नपन्छिन आग्रह गरे ।

‘सबै गलत हुन्छ भन्दा मान्छेमा कस्तो प्रभाव पर्छ । प्रतिपक्षले प्रश्न गर्ने हो तर यसरी पनि नगरौँ कि समस्यालाई बढाइ चढाइ नगरौँ’, उनले भने, ‘म हुँदा ठिक थियो म नहुँदा गयो, सबै बिग्रियो भन्नु राम्रो होइन । आफूले त्यसो भन्दा अर्कोले पत्याएको भन्ने लाग्छ ? हामी सबै त्यस्तै छौँ । सबैले गल्ती गरेका छौँ । आत्मालोचना गरौँ ।’

प्रचण्डले गगनभन्दा अगाडि सम्बोधनका क्रममा केपी शर्मा ओली नेतृत्वको सरकारको अकर्मण्यताका कारण जनताको निराशा बढ्दा राजावादी सलबलाएको बताएका थिए । उनले यो सबै कुराको दोषी सरकार भएकाले कमजोरी स्वीकार्नुपर्ने बताएका थिए ।

प्रकाशित मिति : २७ फाल्गुन २०८१, मंगलबार  २ : ४० बजे

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, के छ कार्यसूची ?

काठमाडौँ– सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको

मेसीको गोलका बाबजुद १० खेलाडीमा सीमित इन्टर मायमी कोलम्बससँग पराजित

काठमाडौँ : लिओनेल मेसीले गोल गरे पनि मेजर लिग सकर

हालान्डको कीर्तिमानी गोलका बाबजुद नर्वेमाथि पोर्चुगलको रोमाञ्चक जित

काठमाडौँ : एर्लिङ हालान्डले आफ्नो ६५औँ अन्तर्राष्ट्रिय गोल गरे पनि

कालीगण्डकीको कटानले फाइबर पोल बगाएपछि म्याग्दी, बागलुङ र मुस्ताङमा सञ्चार सेवा ठप्प

म्याग्दी : सहश्रधारामा कालीगण्डकी नदीको कटानले फाइबर पोल बगाएपछि धवलागिरिका

पहिरोले देशभरका सडक ठप्प : उपत्यका जोड्ने सात राजमार्ग अवरुद्ध

काठमाडौँ – अविरल वर्षाका कारण पहिरो खसेर अवरुद्ध बनेको पृथ्वी