गगनको टिप्पणी- प्रचण्डलाई खतरै कुरा भने जस्तो लाग्दो रहेछ « Khabarhub

गगनको टिप्पणी- प्रचण्डलाई खतरै कुरा भने जस्तो लाग्दो रहेछ


२७ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


648
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देशमा ‘को भन्दा को’ खतरा हुने प्रतिस्पर्धा चलिरहेको बताएका छन् ।

मंगलबार प्रतिनिधि सभामाको विशेष समयमा बोल्दै थापाले सबै दलसँग बसेर संविधान संशोधन गरिनेसमेत बताए ।

‘प्रदेशलाई हामीले नै अधिकार दिन नसकेर ठिक ढंगले काम गर्ने सकेका छैनन् । यसमा सबै बसेर छलफल हुनुपर्छ’, उनले भने ।

प्रतिपक्षी दलहरूले धारिलो प्रश्न गर्न पाउने तर सबै दोष सरकारलाई मात्रै लगाउन नहुने उनले बताए । दलहरू एक अर्काका सहकर्मी भएर समस्याको समाधान गर्नुपर्ने पनि उनले बताए ।

‘प्रतिपक्षी दलका नेतालाई खतरै कुरा भनेजस्तो लाग्छ होला । अहिले कोभन्दा को खतरा भन्ने प्रतिस्पर्धा चलेको छ । देशको सीमाभित्र बसेर आफ्ना कुरा राख्न पाइने छुट छ । लोकतन्त्रको सुन्दर पक्ष नै यही हो’, थापाले भने, ‘संविधानका केही कुरा बदल्दै गरौँ भन्दा लोकतन्त्र, संघीयता बदल्न सकिँदैन । यसबारे सबै पार्टीमा छलफल हुन्छ । सबैसँग सबै कुरा मिल्छ भन्ने छैन ।’

प्रकाशित मिति : २७ फाल्गुन २०८१, मंगलबार  २ : ५१ बजे

चितवनविरुद्ध जनकपुरका अनिल शाहको अर्धशतक

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत मंगलबारको

देश विकासका लागि श्रमदान अपरिहार्य : हर्क साम्पाङ 

धरान – देशको दिगो विकासका लागि श्रमदान अपरिहार्य भएको श्रम

चितवनविरुद्ध जनकपुरका माज सदाकतको अर्धशतक

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत मंगलबारको पहिलो

नवलपुरमा धान उत्पादन बढ्यो

त्रिवेणी– नवलपरासी (बर्दघाट सुस्तापूर्व)नवलपुरमा धान उत्पादनमा वृद्धि भएको छ । 

लुम्बिनी र रामग्राममा ‘विश्व शान्ति कार्यक्रम’ आयोजना हुने

काठमाडौं– लुम्बिनी र रामग्राममा तेस्रो संस्करणको ‘विश्व शान्ति कार्यक्रम’ आयोजना