दिनेश राउतको ‘महाभोज’ जेठ १५ मा प्रदर्शन हुने « Khabarhub

दिनेश राउतको ‘महाभोज’ जेठ १५ मा प्रदर्शन हुने


२७ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – निर्देशक दिनेश राउतको मल्टिस्टारर फिल्म ‘महाभोज’को प्रदर्शन मिति घोषणा भएको छ ।

निर्देशक राउतले मंगलबार सामाजिक सञ्जालमा फिल्मको एक पोस्टर सार्वजनिक गरी आगामी जेठ १५ गते प्रदर्शन मिति तोकिएको जानकारी दिएका हुन् ।

पोस्टरमा फिल्मका प्रमुख कलाकार नायकहरु आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, नायिकाहरु गौमाया गुरुङ, अञ्जना बराइली र मलिका महत फिचर्ड छन् ।

पोस्टरको मध्य भागमा आर्यनलाई राखिएको छ । दयाहाङ र खगेन्द्रकोभन्दा उनको तस्बिर ठूलो छ । यसले फिल्मको केन्द्रीय भूमिकामा आर्यन रहेको संकेत गर्छ ।

आर्यनले सर्ट र आसकोट लगाएका छन् । उनको शीरमा भादगाउँले टोपी छ । उनको जुँगा लामो छ भने दाह्री पालेका छन् । झट्ट हेर्दा उनी शिक्षक जस्तो देखिन्छन् ।

पोस्टरबाट फिल्मका अन्य कलाकारले ग्रामिण भेगको पात्र निर्वाह गरेको प्रष्ट हुन्छ ।

दुई साताअघि यो फिल्मको छायाङ्कन पूरा भएको हो । अहिले पोस्ट प्रोडक्सनको काम जारी छ ।

क्लक वर्क क्रियशन र पिक्चर फ्रेमको संयुक्त निर्माणमा तयार भएको यस फिल्मका निर्माता हिमाल कडरिया हुन् । चलचित्रको स्क्रिप्ट विकास सुवेदीले लेखेका हुन् ।

प्रकाशित मिति : २७ फाल्गुन २०८१, मंगलबार  २ : ५६ बजे

हिमनदी पग्लिँदा खुल्दैछ स्विट्जरल्यान्डको इतिहास

एजेन्सी– जलवायु परिवर्तनका कारण स्विट्जरल्यान्डका हिमनदी तीव्र गतिमा पग्लिन थालेपछि

इक्वेडरको जेलमा झडप, आठ कैदीको मृत्यु

एजेन्सी– इक्वेडरका दुई जेलमा बिहीबार भएको झडपमा आठ कैदीको मृत्यु

अन्तर्राष्ट्रिय सहकार्य औपचारिक संरचनाभन्दा परिणाममुखी हुनुपर्छ : भारतीय विदेशमन्त्री जयशंकर 

काठमाडौँ– भारतीय विदेशमन्त्री एस जयशंकरले अन्तर्राष्ट्रिय सहकार्यलाई सबै अवस्थामा औपचारिक

थोरङला पास हुँदै दुई सातामा ७७२ पर्यटक मुस्ताङमा

मुस्ताङ– लमजुङको बेँसीसहरबाट मनाङ हुँदै थोरङला पास छिचोल्दै पछिल्लो दुई

आगामी साता वर्षा र हिमपातको सम्भावना, चिसो बढ्ने

काठमाडौँ – नेपाल मौसम विज्ञान विभागले आगामी साताको अन्त्यमा बङ्गालको