दिनेश राउतको ‘महाभोज’ जेठ १५ मा प्रदर्शन हुने « Khabarhub

दिनेश राउतको ‘महाभोज’ जेठ १५ मा प्रदर्शन हुने


२७ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – निर्देशक दिनेश राउतको मल्टिस्टारर फिल्म ‘महाभोज’को प्रदर्शन मिति घोषणा भएको छ ।

निर्देशक राउतले मंगलबार सामाजिक सञ्जालमा फिल्मको एक पोस्टर सार्वजनिक गरी आगामी जेठ १५ गते प्रदर्शन मिति तोकिएको जानकारी दिएका हुन् ।

पोस्टरमा फिल्मका प्रमुख कलाकार नायकहरु आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, नायिकाहरु गौमाया गुरुङ, अञ्जना बराइली र मलिका महत फिचर्ड छन् ।

पोस्टरको मध्य भागमा आर्यनलाई राखिएको छ । दयाहाङ र खगेन्द्रकोभन्दा उनको तस्बिर ठूलो छ । यसले फिल्मको केन्द्रीय भूमिकामा आर्यन रहेको संकेत गर्छ ।

आर्यनले सर्ट र आसकोट लगाएका छन् । उनको शीरमा भादगाउँले टोपी छ । उनको जुँगा लामो छ भने दाह्री पालेका छन् । झट्ट हेर्दा उनी शिक्षक जस्तो देखिन्छन् ।

पोस्टरबाट फिल्मका अन्य कलाकारले ग्रामिण भेगको पात्र निर्वाह गरेको प्रष्ट हुन्छ ।

दुई साताअघि यो फिल्मको छायाङ्कन पूरा भएको हो । अहिले पोस्ट प्रोडक्सनको काम जारी छ ।

क्लक वर्क क्रियशन र पिक्चर फ्रेमको संयुक्त निर्माणमा तयार भएको यस फिल्मका निर्माता हिमाल कडरिया हुन् । चलचित्रको स्क्रिप्ट विकास सुवेदीले लेखेका हुन् ।

प्रकाशित मिति : २७ फाल्गुन २०८१, मंगलबार  २ : ५६ बजे

नुवाकोटमा हैजाविरुद्धको खोप पठाइयो, रसुवामा पर्सिदेखि अभियान

काठमाडौं– बाढी प्रभावित क्षेत्रमा हैजा संक्रमणको जोखिम बढेपछि स्वास्थ्य तथा

भदौ २३ को एक वर्ष : सत्ता बदलियो, राज्य ?

आज भदौ २३ । ठीक एक वर्षअघि यही दिन काठमाडौँका

जेन-जी आन्दोलनको एक वर्ष : के छ आगजनीमा ध्वस्त संरचनाको अवस्था ?

काठमाडौं– दुई दिनमा सरकार नै ढाल्ने गरी नेपालमा भएको जेन–जी आन्दोलनको

सन्दीपले चार र शेरले तीन विकट लिएको खेलमा नेपाललाई हङङकले दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कप अन्तर्गत समूह

गुमेको दृष्टि फर्किँदा…

कपिलवस्तु– लामो समयदेखि दृष्टि गुमाएका महाराजगन्ज नगरपालिका–११ चौहठ्ठाका थानेदार चौधरीले