स्वास्थ्य मन्त्रालयको पहलमा सांसदहरूको स्वास्थ्य परीक्षण  « Khabarhub

स्वास्थ्य मन्त्रालयको पहलमा सांसदहरूको स्वास्थ्य परीक्षण 


२७ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको पहलमा सांसदहरूको स्वास्थ्य परीक्षण गरिएको छ। 

सङ्घीय संसद् परिसरमा सांसदलगायत मर्यादापालक, कर्मचारी, सञ्चारकर्मीको स्वास्थ्य परीक्षण गरिएको हो । सरकारले नसर्ने रोगहरूको पहिचानका लागि फागुन महिनालाई एक महिने अभियानको रूपमा सञ्चालन गरिरहेको छ । 

सोही अभियान अन्तर्गत सांसदहरूको मधुमेह, उच्च रक्तचाप, मृगौलासम्बन्धी रोगका साथै शरीरको उचाइ र तौलको अनुपात परीक्षण गरिएको हो ।

उक्त अभियानको सांसदहरुले प्रशंसा गरेका छन् । स्वास्थ्य परीक्षणमा सहभागी सांसद कल्पना मियाँ कुसारीले स्वस्थ खानपान र नियमित योगाले स्वास्थ्य ‘रिपोर्ट’ राम्रो आएको बताइन् । 

उनले भनिन्, ‘म स्वास्थ्यमा सजग छु । सरकारको यो कदम सराहनीय छ । यस्ता परीक्षण अझै दूरदराजका जनतामा लानुपर्छ ।’

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)को नसर्ने रोग तथा मानसिक स्वास्थ्य शाखाका ‘फोकल पर्सन’ तथा जनस्वास्थ्य अधिकृत दीपक भट्टले सर्वसाधारणलाई स्वास्थ्य परीक्षणमा प्रेरित गरिने बताए । उनका अनुसार आज र भोलि दुई दिन स्वास्थ्य परीक्षण संसद् परिसरमा हुने छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०८१, मंगलबार  ३ : ०४ बजे

इरानी राष्ट्रपति भन्छन् : अर्को भेनेजुएला बनाउन आएको अमेरिका हाम्रो प्रतिरोधले चकित बन्यो

तेहरान- इरानी राष्ट्रपति मसुद पेजेस्कियनले इरानलाई अर्को भेनेजुएला बनाउने प्रयास

अफवाहले हैरान गोविन्दाले दिए मिडियालाई चेतावनी, ‘यस्ता काम नरोकिए १०० करोडसम्म क्षतिपूर्ति माग्छु’

काठमाडौं– बलिउडका चर्चित अभिनेता गोविन्दा पछिल्लो समय आफ्नो फिल्मी करियरभन्दा

मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’

काठमाडौं– नेपाली कांग्रेस बागमती प्रदेशसभा संसदीय दलले मुख्यमन्त्री किरण थापाका

दमास्कसबाहिर इजरायली ड्रोन आक्रमणको कुवेतद्वारा निन्दा

कुवेत सिटी- कुवेतले सिरियाको राजधानी दमास्कसको दक्षिणपश्चिमस्थित एक गाउँमा सर्वसाधारण

अमेरिकासँग मिलेर सरकारविरोधी प्रदर्शन गरेको आरोपमा एक जनालाई इरानमा मृत्युदण्ड

तेहरान- इरानले अमेरिकासँगै इजरायलको पक्षमा काम गरेको आरोप लागेका एक