कुलमानबारे गगनको सुझाव- सरकारले नचाहिने काममा हात नहालोस् « Khabarhub

कुलमानबारे गगनको सुझाव- सरकारले नचाहिने काममा हात नहालोस्


२७ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


330
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले नचाहिने काममा हात हाल्न नहुने बताएका छन् ।

पछिल्लो समय नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई हटाउन सरकारले जोडबल गरेको सन्दर्भमा गगनले यस्तो बताएका हुन् ।

उनले प्रतिनिधि सभामा विशेष समय लिएर बोल्दै प्रबन्ध निर्देशक घिसिङको विषयमा सरकारले अनावश्यक हात हालेको संकेत गरेका हुन् । अन्य सांसदले घिसिङलाई अनावश्यक रुपमा चिढ्याएको बताएपछि थापाले पनि यस्तो सुझाव दिएका हुन् ।

नेपाली कांग्रेसबाटै ऊर्जामन्त्री रहेका दीपक खड्काले घिसिङलाई हटाउन सबै किसिमका उपाय लगाइरहेका बेला थापाले नचाहिने काममा हात नहाल्न भनेका हु्न् ।

घिसिङले गरेको काम नदेखेर सरकारले दु:ख दिने काम गरेको भन्दै अन्य सांसदहरूले प्रतिनिधि सभामा आवाज उठाएका थिए ।

‘सरकारको गल्ती छैन भन्दिनँ । तर सबै गल्ती यो सरकारले मात्र गरेको होइन’, उनले भने, ‘तर सरकारलाई म अनावश्यक काम नगर्न र नचाहिँदो काममा हात नहाल्न भन्छु । सरकार र सरकारमा रहेका मन्त्रीहरूले नचाहिने काम नगरेको राम्रो हुन्छ ।’ थापाले जसले जे बोले पनि तथ्याङ्क पल्टाएर हेर्न आग्रह पनि गरे ।

प्रकाशित मिति : २७ फाल्गुन २०८१, मंगलबार  ३ : १५ बजे

दसैँको मुख्य दिन, टीकाको उत्तम साइत १०ः२६ बजे

काठमाडौँ – बडा दसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक ४ गते बुधबार सन् २०२६

आज २०८३ साल कात्तिक ४ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ४ गते बुधबार सन् २०२६

दसैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दसैँको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट