राजावादी सलबलाउनुमा एमालेले गर्‍यो प्रचण्डमाथि आंशका | Khabarhub Khabarhub

राजावादी सलबलाउनुमा एमालेले गर्‍यो प्रचण्डमाथि आंशका


२७ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख सत्तारूढ नेकपा एमालेका सांसद गोकर्ण विष्टले राजावादीहरू उचाल्ने काममा प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डको हात हुन सक्ने भन्दै प्रश्न गरेका छन् ।

एमाले सचिवसमेत रहेका विष्टले मंगलबार प्रतिनिधि सभाको विशेष समयमा बेल्दै प्रचण्डले विचौलियालाई नजिकबाट चिनेको हो कि भन्ने आंशका गरे । उनले प्रतिगामी शक्तिलाई मलजल गर्नेगरी प्रचण्डले अभिव्यक्ति दिएको दाबी गरे ।

‘सरकारको प्रयत्नलाई प्रतिपक्षी नेताले बारम्बार असंवैधानिक भनेर उठाइरहनु भएको छ । मैले बुझ्न नसक्या कुरा यति मात्रै हो कि, उहाँ सात आठ महिना प्रधानमन्त्री हुँदा नेपालमा रामराज्य थियो ? सरकारबाट बाहिरिनेबित्तिकै कसरी नेपाल रावण राज्यमा परिणत भयो ? आज उहाँमा किन चिढचिढाहाट देखिन्छ?’, विष्टले भने, ‘यही प्रश्न आएको छ । देशमा निराशा र वितृष्णा पैदा गर्ने गरी अभिव्यक्ति दिइरहनु भएको छ । प्रतिगामी शक्तिलाई मलजल गर्दै बोलिरहनु भएको छ । कतै आज पूर्वराजाको हौसलापछाडि उहाँका गतिविधि पनि सहयोगी त बनिरहेका छैनन ? गम्भीर रूपमा समीक्षा गर्नुपर्छ ।’

उनले सत्तामा रहँदा एउटा कुरा गर्ने र बाहिर हुँदा अर्को कुरा गर्ने नेपालको प्रवृत्ति सच्चाउनुपर्ने बताए । hनताप्रति इमानदार रहन प्रतिपक्षी दलले पनि ठिक ढंगले भूमिका खेल्नुपर्ने उनले बताए ।

प्रकाशित मिति : २७ फाल्गुन २०८१, मंगलबार  ३ : २९ बजे

उदयपुरमा सुत्केरीको बाटोमै ज्यान गयो

उदयपुर – त्रियुगा नगरपालिका–९ गैरुनकी एक सुत्केरीको अस्पतालमा प्रसूति गराउन

घोडाघोडीमा हरिहाँसको सङ्ख्या घट्यो

कैलाली – विश्व रामसार क्षेत्रमा सूचीकृत घोडाघोडी तालमा हरिहाँसको सङ्ख्या

साइबर ब्यूरोमा उजुरी परेपछि खाँणले भने : मलाई पहिल्यै डर थियो

काठमाडौं – गायक रामजी खाँणले आफूविरुद्ध सामाजिक सञ्जालमा भइरहेको आलोचना

खाल्डोमा डुबेर बालकको मृत्यु

काठमाडौं । काठमाडौं कीर्तिपुर नगरपालिका–६ चोभारमा आज खाल्डोमा जमेको पानीमा

भानु जयन्तीको अवसरमा कविता वाचन कार्यक्रम सम्पन्न

काठमाडौं – विश्व शान्ति तथा एकीकृत परिवार संघले भानु जयन्तीको