गणतन्त्रवादीकै कारण राजावादीले सडकमा आउने आँट गरे : राजेन्द्र पाण्डे « Khabarhub

गणतन्त्रवादीकै कारण राजावादीले सडकमा आउने आँट गरे : राजेन्द्र पाण्डे


२७ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एकीकृत समाजवादी पार्टीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले पूर्वराजा ज्ञानेन्द्र शाह चुनाव जितेको शैलीमा विमानस्थलबाट निर्मल निवासतिर लागेको टिप्पणी गरेका छन् ।

उनले राजावादीमा सडकमा आउने आँट बढाएको गणतन्त्रवादी शक्तिहरूकै कारण भएको पनि बताए । पाण्डेले फागुन २५ को प्रदर्शनलाई लिएर गणतन्त्रवादीमाथि नै दोषारोपण गरेका हुन् ।

मंगलबार प्रतिनिधि सभामा विशेष समय लिएर पार्टीकोतर्पबाट बोल्दै उनले भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको फोटो राखेर राजसंस्था स्थापना हुन्छ भन्नु गम्भीर विषय भएको बताए ।

‘हामीले रगतसँग साटेर गणतन्त्र ल्याएको हो । कसैले बक्सिस दिएको होइन । राजावादीमा आँट बढाउने काम गणतन्त्रवादी शक्तिहरूबाटै भएको हो । दुई ठूला दलको सरकारले डेलिभरी दिन नसक्दा समस्या भयो’, पाण्डेले भने, ‘सहकारीमा मुछिएका सबै व्यक्तिलाई कारबाही भएन । सत्ताभित्रकालाई एउटा र बाहिरकालाई अर्को कानुन लगाउँदा समस्या भयो ।’

प्रकाशित मिति : २७ फाल्गुन २०८१, मंगलबार  ४ : १० बजे

विपक्षीसँग कुरा नमिलेपछि सुरु नै नभई सर्‍यो प्रतिनिधिसभा बैठक

काठमाडौं– बुधबार बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक सरेको

एनसेल डाटा सेन्टरलाई एएनएसआई/टीआईए–९४२–सी प्रमाणीकरण

काठमाडौं– एनसेल बिजनेसले नख्खु, ललितपुरमा सञ्चालनमा रहेको आफ्नो अत्याधुनिक डाटा सेन्टरले

विपक्षीलाई फकाउँदै रवि, संसद्‍ खोल्न प्रधानमन्त्रीले लिखित जवाफ दिनुपर्ने अडान

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विपक्षी दलसँग संवाद

३५ करोड लगानीमा नेपालमै ‘स्किन केयर’ सामग्री उद्योग

काठमाडौं– कोरियन प्रविधि र नेपाली उद्यमशीलताको संयोजनमा नेपालमै विश्वस्तरीय ‘स्किन केयर’

रानीसैनमा सशस्त्र र प्रहरीको अस्थायी ‘बिओपी’ र चौकी स्थापना

बाजुरा– हिमाली गाउँपालिकाको रानीसैन क्षेत्रको संरक्षण र नागरिकको सुरक्षाका लागि