गणतन्त्रका पक्षमा संविधान संशोधन गरिने छ : प्रधानमन्त्री | Khabarhub Khabarhub

गणतन्त्रका पक्षमा संविधान संशोधन गरिने छ : प्रधानमन्त्री


२७ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले सुशासन र समृद्धिको बाटोमा तीव्रताका साथ काम गरेर मुलुकलाई अगाडि बढाउन थालेको बताएका छन् । 

मंगलबार कोशी प्रदेशसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउँदै सरकारले सुशासन र समृद्धिको बाटोमा तीव्रताका साथ काम गरेर मुलुकलाई अगाडि बढाउन थालेको बताएका हुन् । उनले जनताको बलिदानी सङ्घर्षको बलमा प्राप्त संविधानको रक्षा गरी आवश्यकतानुसार जनता र सङ्घीय लोकतान्त्रिक गणतन्त्रका पक्षमा संशोधन गर्दै जाने स्पष्ट पारे ।

उनले लोकतान्त्रीक प्रणालीमा जो कोही पनि प्रतिस्पर्धा गर्न पाउने भएकाले व्यवस्थाविरोधी आवाज उठाउन आवश्यक नभएको जिकिर गरे । प्रधानमन्त्री ओलीले संविधानसम्मत, शान्तिपूर्ण र सुशासनको बाटोबाट यस व्यवस्थालाई अझ उन्नत बनाउन सकिने बताए ।

उनले देशलाई पछाडि फर्काउने नभइ प्राप्त उपलब्धीहरूको रक्षा गर्दै संविधानबमोजिम तीनै तहका सरकारले सहकार्य गरेर देश विकासमा लाग्नुपर्नेमा जोड दिए। देशको मुहार फेर्नकै लागि आफु प्रतिवद्ध रहेको भन्दै जनताको कुरा बाहेक अरु केही कुरामा वादविवाद गर्न आफूलाई रुचि नभएको उनले बताए ।

प्रधानमन्त्री ओलीले देशको भौगोलिक, सांस्कृतिक र जातीय विविधतालाई मनन गरेर विविधताबीच एकता कायम गरेर ज्ञान र गौरवको यस नेपाललाई विश्व मानचित्रमा सार्वभौम, लोकतान्त्रिक र समृद्ध बनाउन आग्रह गरे । उनले कोशी प्रदेशमा रहेका प्रचुर सम्भावनाका क्षेत्रलाई प्रदेश सरकारले ध्यान दिनुपर्ने जिकिर गरे ।

 प्रदेश सरकारलाई समस्या परेका बेला संघीय सरकार सदैव साथमा रहेको उनको भनाइ छ । 

प्रकाशित मिति : २७ फाल्गुन २०८१, मंगलबार  ४ : ४८ बजे

आजका समाचार : सडकमा निस्किए विप्लव, साथ नदिनेसँग बदला लिँदै माधव, कांग्रेशमा महाधिवेशन विवाद सुल्झिएन र आरसीबीलाई बेच्ने तयारी

राष्ट्रपति पौडेल कतारबाट स्वदेश फिर्ता राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी

नेपाल-भारत स्टार्टअप पार्टनरसीप नेटवर्कसम्बन्धी अभिमुखीकरण सम्पन्न

काठमाडौं– यहाँस्थित भारतीय राजदूतावासले आगामी महिनामा आयोजना गर्न लागेको भारत–नेपाल

‘चीनले समुद्री विवादबारे भ्रमपूर्ण भनाइको दृढतापूर्वक प्रतिरोध गर्छ’

बेइजिङ– चीनले समुद्री विवादसम्बनधी झूटा भनाइहरू फैलाउने र चीनमाथि आधारहीन

राष्ट्रपति पौडेलको भ्रमण फलदायी

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेल कतारको दोहामा सम्पन्न दोस्रो विश्व सामाजिक

काठमाडौँ महानगरपालिकाका प्रमुख साहविरुद्ध उजुरी

काठमाडौं– राष्ट्रिय युवा सङ्घ नेपालले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहविरुद्ध