पूर्वराजालाई समर्थन गरेपछि पोर्चुगलस्थित पर्यटन प्रवर्द्धक बास्तोला बर्खास्त « Khabarhub

पूर्वराजालाई समर्थन गरेपछि पोर्चुगलस्थित पर्यटन प्रवर्द्धक बास्तोला बर्खास्त


२७ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाह र राजावादीहरूको पक्षमा औपचारिक रुपमा लिखित वक्त्वय निकालेपछि पोर्चुगलको लिजवन सहरका पर्यटन प्रवर्द्धक रमेशराज बास्तोला बर्खास्तीमा परेका छन् ।

यही आइतबार काठमाडौंमा भएको राजावादीको प्रदर्शनको समर्थन गर्दै लिखित वक्तव्य नै निकालेपछि सरकारले उनलाई पदबाट हटाएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रालयले लिखित स्पष्टीकरण सोधिएको र स्पष्टीकरण सन्तोषजनक नभएकोले सोमबारको मन्त्रीस्तरीय निर्णयअनुसार उनलाई जिम्मेवारीबाट हटाइएको हो।

मन्त्रालयका सहायक प्रवक्ता एवम् सूचना अधिकारी गोकर्ण प्रसाद उपाध्यायले एक वक्तव्य निकाल्दै बास्तोलालाई हटाइएको बताएका छन् । ’निजले पेस गरेको स्पष्टीकरण सन्तोषजनक नदेखिएकाले ऐ कार्यविधिको दफा ५ बमोजिम मिति २०८१ फागुन २६ (मन्त्रीस्तरीय) निर्णयअनुसार निजलाई पर्यटन प्रवर्द्धकको जिम्मेवारीबाट हटाइएको व्यहोरा सम्बन्धित सबैलाई जनाकारी गराइन्छ’, मन्त्रालयले भनेको छ।

पूर्वराजालाई समर्थन गरेपछि उनलाई सरकारले स्पष्टीकरण सोधेको थियो । उनले चित्तबुझ्दो स्पष्टीकरण नदिएको भन्दै पद खोसिएको हो ।

आइतबार मात्रै सरकारलाई बुझाएको स्ष्टीकरणमा उनले भनेका थिए, ‘देशमा संवैधानिक राजतन्त्र, बहुदलीय प्रजातन्त्र अहिलेको आवश्यकता हो । म देशमा राजसंस्थाको पक्षधर हो । राजा र धर्मको समर्थन गर्दा तिमीहरूलाई आपत्ति छ भने तिम्रो पद तिमी नै राख’, उनले भनेका थिए, ‘ ’जुन दिन देशमा राजतन्त्र आउने छ, त्यतिबेला जिम्मेवारी लिउँला । तिमीहरूको भ्रष्ट सरकारको कागजी पदमा बस्न मलाई चाहना छैन ।’

प्रकाशित मिति : २७ फाल्गुन २०८१, मंगलबार  ५ : ५७ बजे

फिल्म चलेन, न वर्षाले आँसु खसाल्न सकिन्, न भिडियो नबनाइ बस्न सकिन्

काठमाडौं – आफू अभिनित फिल्म ‘मालती मंगले’ प्रदर्शनरत रहेकाले नायिका

प्रतिपक्षीले घेरेपछि सभामुखले स्थगित गरे संसद् बैठक

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहितका दलहरू एकजुट भएर घेरेपछि सभामुख

प्रधानमन्त्रीको बेवास्ताले संसद्‍मा तनाव, एकजुट भए विपक्षी (तस्बिरहरू)

काठमाडौं- फागुन २१ को निर्वाचनबाट आएको प्रतिनिधि सभामा उभिएर अहिलेसम्म

कांग्रेसको चेतावनी : वालेन्द्रले संसद्को उपेक्षा गर्दैछन्, जवाफ दिन नआए बहिष्कार गर्छौँ

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले प्रधानमन्त्री

ज्ञानेन्द्र शाहीको प्रश्न : कालो चश्मा लगाएर सिंहदरबारमै बसेका प्रधानमन्त्री संसद्‍मा किन नआएका ?

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानबहादुर शाही