२०३० सम्म भारतमा प्रविधिको बजार ३ खर्ब ५० अर्ब डलर पुग्ने रक्षामन्त्री सिंहको दाबी « Khabarhub

२०३० सम्म भारतमा प्रविधिको बजार ३ खर्ब ५० अर्ब डलर पुग्ने रक्षामन्त्री सिंहको दाबी


२७ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतीय रक्षामन्त्री राजनाथ सिंहले सन् २०३० सम्म आफ्नो मुलुकमा प्रविधि क्षेत्रको बजार ३ खर्ब ५० अर्ब डलर बराबर पुग्ने दाबी गरेका छन् । नवप्रवर्तन, डिजिटल परिवर्तन र सरकारी पहलका कारण सन् २०३० सम्म भारतमा प्रविधि क्षेत्रको बजार ३ अर्ब ५० अर्ब डलर बराबर पुग्ने मन्त्री सिंहको भनाइ छ ।

आईआईटी भारतीय प्रविधि प्रतिष्ठान आईआईटी मन्डीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री सिंहले भारतमा प्रविधि क्षेत्रको विकास तीव्र गतिमा भइरहेको उल्लेख गरे । मन्त्री सिंहले प्रविधि क्षेत्र भारतको अर्थतन्त्र मात्रै नभइ राष्ट्रिय सुरक्षाका लागि पनि महत्वपूर्ण भएको बताए ।

पछिल्लो समय स्टार्टअप कम्पनीको बढ्दो उपस्थिती, प्रविधि क्षेत्रप्रति वैदेशिक लगानीको आकर्षण र सरकारी पहलका कारण भारतमा प्रविधि उद्योगको विस्तार भइरहेको छ । पछिल्लो समय भारतमा साइबर सुरक्षा, आर्टिफिसियल इन्टिलिजेन्स, फाइभजी, सेमिकण्डक्टर उत्पादनजस्ता क्षेत्रमा लगानी बढिरहेको देखिन्छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०८१, मंगलबार  १० : ४५ बजे

आफ्नै आन्दोलनको बलमा बनेको सरकारमाथि खनिन थाले जेन-जी

काठमाडौं- जेन–जीहरूको म्यान्डेटबाट बनेको सुशीला कार्की नेतृत्वको सरकारले सय दिने

दीपकले ‘परान’बाट तोडे यी निर्देशकको रेकर्ड

काठमाडौं – टेलिसिरियल ‘सक्किगोनी’ टिमले बनाएको फिल्म ‘लाज शरणम्’बाटै दीपक

क्रेमलिनद्वारा त्रिपक्षीय वार्ताको सम्भावना अस्वीकार

मस्को- युक्रेनमा जारी द्वन्द्व अन्त्य गर्ने उद्देश्यले कूटनीतिज्ञहरू अमेरिकाको मियामी

‘एनएफपिजे’ द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित

काठमाडौं– राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे)ले आफ्नो २८औँ वार्षिक