माओवादी उपाध्यक्ष सापकोटाविरुद्धको मुद्दाको सुनुवाइ संवैधानिक इजलासमा « Khabarhub

माओवादी उपाध्यक्ष सापकोटाविरुद्धको मुद्दाको सुनुवाइ संवैधानिक इजलासमा


२८ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


531
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पूर्वसभामुख तथा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाविरुद्ध सर्वोच्च अदालतमा दायर मुद्दामा फेरि सुनुवाइ सुरू भएको छ ।

पटक पटक पेशी सर्दै आएको यो मुद्दाको सर्वोच्चले लामो सयम भइसक्दा पनि अन्तिम छिनोफानो गर्न सकेको छैन । सापकोटाविरुद्ध काभ्रेकी पूर्णिमाया लामाले दायर गरेको रिटको सुनुवाइ अहिले संवैधानिक इजलासमा भइरहेको छ ।

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहित न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी मनोजकुमार शर्मा र कुमार चुडाल सम्मिलित संवैधानिक इजलासमा यो मुद्दाको सुनुवाइ अघि बढेको हो ।

यसअघि गत असोज ९ गते हालसम्मका प्रगति विवरण माग भएको थियो । तत्कालीन प्रधान्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ तथा न्याायधीशहरू प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल प्रकाश कुमार ढुंगाना र कुमार रेग्मीको इजलासलले अनुसन्धानको विवरण झिकाउन आदेश गरेको थियो ।

काभ्रेका अर्जुन लामाको हत्यामा सापकोटाको हात रहेकाले तत्काल कर्तव्य ज्यान मुद्दा अनुसन्धान अघि बढाउन माग गर्दै उनकी श्रीमती पूर्णिमायाले २०६९ मंसिर ७ गते रिट निवेदन दायर गरेकी थिइन् ।

त्यस्तै उक्त मुद्दामा सापकोटामाथि कारबाहीको माग गर्दै कनकमणि दीक्षित र सुशील प्याकुरेलसमेतले पनि रिट दायर गरेका थिए ।

उक्त मुद्दामाथि प्रारम्भिक फैसला गर्दै तत्कालीन न्यायाधीश सुशीला कार्की र ओमप्रकाश मिश्रको इजलासले उक्त मुद्दा संवैधानिक इजलासमा जाने आदेश गरेको थियो ।

माओवादी द्वन्द्व चलिरहेका बेला २०६२ साल वैशाखमा काभ्रेको छत्रबाँझस्थित कृष्ण माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्जुन लामाको माओवादी कार्यकर्ताबाट हत्या भएको थियो । त्यसबेला काभ्रे माओवादीको नेतृत्वमा सापकोटा रहेकाले उनको संलग्नता रहेको पीडित परिवारको दाबी छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०८१, बुधबार  २ : ०९ बजे

यसरी खटिए चारै सुरक्षा निकाय, हरेक क्षेत्रमा अस्थायी बेस बनाएरै सेना र सशस्त्र प्रहरी तैनाथ

काठमाडौं- अबको दुई दिनपछि हुन लागेको निर्वाचनका लागि सरकारले सुरक्षा

उत्साहपूर्ण रूपमा मतदानमा भाग लिन आयोगको अनुरोध

काठमाडौं– राष्ट्रिय मानवअधिकार आयोगले उत्साहपूर्ण रूपमा मतदानमा भाग लिन अनुरोध

प्रतिनिधिसभा सदस्य निर्वाचन : निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने ९५ लाई आयोगले सोध्यो स्पष्टीकरण

काठमाडौं– केन्द्रीय आचारसंहिता अनुगमन समितिमा हालसम्म प्राप्त भएका ४५४ उजुरीमध्ये

खाडी क्षेत्रमा इरानी प्रहार, तेल पूर्वाधार प्रभावित

एजेन्सी– अमेरिका र इजरायलसँग जारी युद्धको पृष्ठभूमिमा इरानले आफ्नो आक्रमणको