उपत्यकाका १० क्याम्पसमा स्ववियु चुनाव अनिश्चित | Khabarhub Khabarhub

उपत्यकाका १० क्याम्पसमा स्ववियु चुनाव अनिश्चित

कतै तालाबन्दी, कतै निर्वाचन समितिको राजीनामा


२८ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


438
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- त्रिभुवन विश्वविद्यालयअन्तर्गत काठमाडौं उपत्यकामा विभिन्न १० क्याम्पसमा स्वतन्त्र विद्यार्थी (स्ववियु) निर्वाचन अनिश्चित बनेको छ ।

सत्तापक्षीय र प्रतिपक्षीय दलका विद्यार्थी संगठनको तालाबन्दी र निर्वाचन समितिका निर्वाचन अधिकृतहरूले राजीनामा दिएकाले विश्वविद्यालयको केन्द्रीय क्याम्पससहितका १० वटामा निर्वाचन अनिश्चित बनेको हो ।

त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पस, पद्मकन्या बहुमुखी क्याम्पस, नेपाल ल क्याम्पस, शंकरदेव, विश्वभाषा, बाल्मिकी, कोटेश्वर, पब्लिक युथ, सरस्वती र पशुपति बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन अन्यौलमा परेको छ ।

केन्द्रीय क्याम्पसमा नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)को एउटा समूहले तालाबन्दी गरेपछि स्ववियु निर्वाचन कार्यतालिका प्रभावित बनेको छ ।

केन्द्रीय क्याम्पसमा स्ववियु अध्यक्ष श्यामराज ओझाको नेतृत्वमा केन्द्रीय सदस्य अशोक विष्ट, त्रिवि समिति अध्यक्ष विष्णु बडैलालगायतको समूहले बुधबार तालाबन्दी गरेको हो । उनीहरूले अधिकारिक उम्मेदवार अनोज कार्कीविरुद्ध नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले बागी उम्मेदवारी दर्ता गराएको भन्दै तालबन्दी गरेका हुन् ।

पार्टीका महामन्त्री तथा स्ववियु केन्द्रीय परिचालन समिति संयोकज विश्वप्रकाश शर्मा र सह-महामन्त्री तथा नेविसंघ निर्देशक समितिका संयोजक किशोरसिंह राठौरको निर्देशनमा कार्कीले अध्यक्षतामा मनोनयन दर्ता गरिसकेका छन् ।

आधिकारिक रूपमा अध्यक्षमा कार्कीको नेतृत्वको टीम भए पनि नेविसंघ केन्द्रीय समितिको टिकट भन्दै नक्कली हस्ताक्षर र छाप लगाएर मनोनयनका लागि निर्धारित समयपछि अध्यक्षमा दीपकराज जोशीको नाम दर्ता गरिएको उक्त समूहको आरोप छ ।

पद्मकन्यामा निर्वाचन समितिका निर्वाचन अधिकृत डा. शैलेन्दुप्रकाश नेपालले राजीनामा दिएपछि स्ववियु निर्वाचन अनिश्चित बनेको छ ।

उनले क्याम्पसको स्ववियु निर्वाचन विभिन्न गतिरोधका कारण सम्पन्न गर्न असहज परिस्थिति उत्पन्न भएको भन्दै बुधबार क्याम्पस प्रमुखलाई राजीनामा बुझाएका छन् ।

ल क्याम्पसमा सत्ताको नेतृत्व गरिरहेको नेकपा एमालेनिकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले तालाबन्दी गरेको छ । अनेरास्ववियुले संगठन दर्ताका क्रममा क्रम संख्या विवाद भएपछि तालाबन्दी गरेको हो ।

अनेरास्ववियुसहितका विभिन्न संगठनहरूको तालबन्दी कारण शंकरदेवमा पनि स्ववियु निर्वाचन अनिश्चित भएको छ । उनीहरूले नेविसंघले तीन सय फर्जी विद्यार्थी भर्ना गरेर निर्वाचन प्रभावित गर्न खोजेको आरोप लगाएका छन् ।

यस्तै प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)निकट अखिल क्रान्तिकारीले विश्वभाषा र पशुपतिमा तालबन्दी गरेपछि निर्वाचन कार्यतालिका प्रभावित भएको छ । अखिल क्रान्तिकारीले दुवै क्याम्पसहरूमा मतदाना नामावलीमा प्रश्न उठाएको छ ।

विद्यार्थी संगठनहरूबीच समझदारी जुट्न नसक्दा बाल्मिकी संस्कृत विद्यापिठमा निर्वाचन प्रयोजनका लागि संगठन दर्ताको काम नै अवरुद्ध भएको छ । त्यस्तै कोटेश्वर बहुमुखी क्याम्पसमा संगठनबीचको विवादका कारण मनोनयन दर्ता नै हुन सकेको छैन ।

कोटेश्वर बहुमुखी क्याम्पसका स्ववियु अध्यक्ष सञ्जय बुढाथोकीले भने, ‘यहाँ नोमिनेसन भएको छैन । निर्वाचन समिति राजीनामा दिन खोजिरहनु भएको छ । हामीले रोकिरहेका छौँ ।’

प्रतिपक्षी नेकपा (एकीकृत समाजवादी)निकट विद्यार्थी संगठनले तालाबन्दी गरेपछि सरस्वती बहुमुखी क्याम्पसमा चैत ५ गतेको स्ववियु निर्वाचन प्रभावित बन्ने अवस्था आएको छ ।

यस्तै पब्लिक युथ क्यापसमा भर्नाको विषयलाई लिएर अखिल क्रान्तिकारीले विवाद झिकेपछि स्ववियु निर्वाचन अन्यौलमा परेको छ । स्ववियु सभापति नवीन पाण्डेयले निर्वाचन प्रयोजनका लागि मनोनयन दर्ता हुन बाँकी रहेको जानकारी दिए ।

उनले विद्यार्थी संगठनहरूबीचको विवाद समाधानका लागि चैत १ गते सर्वपक्षीय बैठक बोलाइएको पनि जानकारी दिए । ‘

क्रान्तिकारीले विद्यार्थी भर्नाको विषयमा आपत्ति जनाएको छ,’ उनले खबरहबसँग भने, ‘यहाँ नोमिनेशन भएको छैन । १ गते सर्वपक्षीय बैठक बोलाइएको छ ।’

प्रकाशित मिति : २८ फाल्गुन २०८१, बुधबार  ३ : ४६ बजे

डेढ महिनादेखि बेपत्ता नेपाली विद्यार्थी दूतावासको सम्पर्कमा

बेलायत – लन्डनबाट बेपत्ता नेपाली विद्यार्थी कमल अधिकारी डेढ महिनापछि

कर्णाली प्रदेशका चार सय ४४ बालबालिका बालगृहमा

सुर्खेत – कर्णाली प्रदेशका चार सय ४४ जना बालबालिका बालगृहमा

राज्यको अगुवाइमा निजी क्षेत्रको विकास गर्नुपर्छः बाबुराम भट्टराई

काठमाडौं – नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा बाबुराम

काठमाडौं उपत्यकासहित देशका केही स्थानमा हल्का वर्षा

काठमाडौं – काठमाडौं उपत्यकासहित अहिले देशका विभिन्न क्षेत्रमा वर्षा भइरहेको

कोशी प्रदेश सभामा पहिलो पटक गैरसरकारी विधेयक दर्ता

विराटनगर । कोशी प्रदेश सभामा पहिलो पटक गैरसरकारी विधेयक दर्ता