पाँच अध्यादेश प्रतिस्थापन गर्ने विधेयक प्रतिनिधिसभामा पेश | Khabarhub Khabarhub

पाँच अध्यादेश प्रतिस्थापन गर्ने विधेयक प्रतिनिधिसभामा पेश


२८ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले जारी गरेको अध्यादेशलाई प्रतिस्थापन गर्न बनेका विभिन्न पाँच विधेयकहरू प्रतिनिधिसभामा प्रस्तुत गरिएको छ । 

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा विभिन्न पाँच विधेयकहरू सदनमा पेश गरिएको हो । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुव्वा गुरुङले सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ प्रस्तुत गरे ।

त्यस्तै उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’, ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१’ र ‘निजीकरण (पहिलो संशोधन) विधेयक, २०८१’ प्रस्तुत गरे ।

त्यस्तै बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ प्रस्तुत गरेका थिए ।

प्रतिस्थापन विधेयकमाथि दर्ता भएका विरोधका सूचनाहरूलाई बैठकमा बहुमतले अस्वीकृत गरिएको थियो । 

प्रकाशित मिति : २८ फाल्गुन २०८१, बुधबार  ५ : ५२ बजे

जम्मुमा आज पनि ब्ल्याकआउट, स्थानीयलाई घरभित्रै बस्न आग्रह

काठमाडौं – भारत प्रशासित जम्मु कश्मिरमा आज पनि ‘ब्ल्याकआउट’ गरिएको

भारत–पाकिस्तान तनाव : एलओसीपछि नेपाली सीमामा पनि कडा निगरानी, सुरक्षाकर्मी थपियो

नयाँदिल्ली – बिहीबार रातिदेखि पाकिस्तानसँग तनाव चुलिएपछि भारतले नेपालतर्फको सीमावर्ती

गाजामा मानवीय सहायता : इजरायलले वितरणमा भाग नलिने, सुरक्षा मात्र दिने

जेरुसेलम – अमेरिकी नेतृत्वमा प्रस्तावित गाजाका लागि मानवीय सहायता योजनाअन्तर्गत

पोखरा स्पोर्टस् अवार्ड : अरूणा र विश्वास वर्ष उत्कृष्ट खेलाडी घोषित

कास्की – नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा आज साँझ

स्वयम्भू आसपासका सम्पदास्थलमा रङरोगन सम्पन्न

काठमाडौं – विश्व सम्पदा क्षेत्रमा सूचीकृत स्वयम्भू महाचैत्य तथा आसपासका