चिकित्सा आयोगद्वारा आगामी शैक्षिक वर्षको क्यालेन्डर सार्वजनिक  « Khabarhub

चिकित्सा आयोगद्वारा आगामी शैक्षिक वर्षको क्यालेन्डर सार्वजनिक 


२८ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चिकित्सा शिक्षा आयोगले आगामी शैक्षिक वर्षको क्यालेन्डर सार्वजनिक गरेको छ । स्नातक, स्नातकोत्तर, स्पेसियालिटी र डिएम, एमसिएच एवम् सवस्पेसियालिटी तहको प्रवेश परीक्षाको वार्षिक शैक्षिक क्यालेन्डर आयोगले सार्वजनिक गरेको हो।

शैक्षिक वर्ष २०८२-२०८३ को क्यालेन्डर अनुसार स्नातक तहको प्रवेश परीक्षाको लागि आयोगले २०८२  साउन दोस्रो साता आवेदन खोल्नेछ। 

असोज पहिलो साता एकीकृत प्रवेश परीक्षा सञ्चालन हुनेछ भने स्नातकोत्तर तह (पीजी)को एकीकृत परीक्षाका लागि २०८२ मंसिर पहिलो साता फारम खुल्नेछ र माघ दोस्रो साता प्रवेश परीक्षा हुनेछ । २०८३ वैशाख पहिलो साता पीजीको कक्षा प्रारम्भ हुनेछ । 

डिएमरएमसिएच एवम् सवस्पेसियालिटीका लागि असार दोस्रो साता आवेदन खुल्ने, साउन दोस्रो साता प्रवेश परीक्षा हुने र कार्तिक पहिलो साता कक्षा प्रारम्भ हुने क्यालेण्डरमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०८१, बुधबार  ५ : ३७ बजे

भदौरे वर्षातले धानबालीलाई राहत

महोत्तरी – भदौरे वर्षातले महोत्तरीमा धानबालीलाई राहत मिलेको छ ।

पार्टी पुनर्गठनको हल्ला बेमौसमी बाजा र अध्यक्षबाट मलाई हटाउने षड्यन्त्र हो : ओली

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनर्गठनको

ट्याक्टरले च्यापिएर चालकको मृत्यु

गोरखा – गोरखामा बारी जोत्ने ट्याक्टरले चेपेर चालकको मृत्यु भएको

ढुक्कु हुनुस् सरकारले लालपुर्जा दिन्छ : मन्त्री रावल

कञ्चनपुर – भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री

सञ्चारमन्त्री डा. तिमिल्सिनाले गरे पहिरो प्रभावित बस्तीको निरीक्षण

नुवाकोट – सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले आइतबार नुवाकोटको