उपत्यकासहित देशभरका सात वटा सहर अस्वस्थकर « Khabarhub

उपत्यकासहित देशभरका सात वटा सहर अस्वस्थकर


२९ फाल्गुन २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


462
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं उपत्यकासहित देशभरका सात वटा सहर आज अस्वस्थकर बनेका छन् । 

वायु प्रदूषणको तह बढेसँगै काठमाडौंको शंखपार्क, रत्नपार्क, ललितपुरको भैसैपार्टी, भक्तपुरको सल्लाघारी, धनकुटा र चितवनको भरतपुर अस्वस्थकरको सूचीमा परेका हुन् । 

वातावरण विभागका अनुसार आज बिहान खुमलटार सर्वाधिक प्रदूषित बनेको छ । बिहान ११ बजे खुमलटारको वायुको गुणस्तर मापदण्ड (एक्यूआई) १७२ रहेको वातावरण विभागको तथ्यांक छ ।

सोही समयमा शंखपार्कको एक्यूआई १७० र रत्नपार्कको १६३ पुगेको छ । ललितपुरको भैँसेपाटी र भक्तपुर सल्लाघारीको एक्यूआई क्रमशः १६६ र १६४ छ । उपत्यकाबाहिर धनकुटाको १५२ र चितवनको भरतपुरको एक्यूआई १५१ पुगेको छ । यीबाहेक अरू सहरमा एक्यूआई १५० भन्दा कम छ । 

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को मापदण्डअनुसार एक्यूआई १०१ देखि १५० को वायु बालबालिका, वृद्धवृद्धा र दीर्घ रोगीका निम्ति अस्वस्थकर हुन्छ । त्यो १५१ देखि २०० सम्म पुगेमा सबैका निम्ति अस्वस्थकर हुन्छ भने २०१ देखि ३०० सम्म पुगेमा अति अस्वस्थकर र त्योभन्दा माथि भएमा खतरनाक हुन्छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०८१, बिहिबार  १ : ५८ बजे

एसिया कपमा छनोट टोलीलाई ३० लाख पुरस्कार

काठमाडौं – नेपाल क्रिकेट सङ्घ (क्यान)ले एसिसी एसिया कपमा स्थान

चरन क्षेत्रको अभावले बाँकेका पशुपालक किसान सङ्कटमा

बाँके – बाँकेको राप्ती सोनारी गाउँपालिका–५ बिनौनाका बम्बबहादुर पुनमगरलाई कुनै

एनपीएलमा पाकिस्तानी खेलाडीको सभागिता अन्योलमा : क्रिकइन्फो

काठमाडौं- क्रिकेट पोर्टल क्रिकइन्फोले नेपाल प्रिमियर लिग (एनपीएल) मा पाकिस्तानका

कांग्रेसमा व्यापक एकता भएको छ, बाँकीलाई पनि एकताबद्ध गर्छौं : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले कांग्रेसमा व्यापक एकता कायम