सांस्कृतिक पर्वलाई पर्यटनसँग जोड्नुपर्छ-प्रधानमन्त्री « Khabarhub

सांस्कृतिक पर्वलाई पर्यटनसँग जोड्नुपर्छ-प्रधानमन्त्री


२७ भदौ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न सांस्कृतिक पर्वलाई पर्यटनसँग जोड्नुपर्ने बताएका छन् ।

इन्द्रजात्राका अवसरमा शुक्रबार शुभकामना सन्देश दिँदै उहाँले नेपाल यतिबेला आर्थिक, सामाजिक रुपान्तरण गर्दै समृद्ध नेपाल निर्माण गर्ने अभियानमा रहेको बताए ।

‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न हाम्रा सांस्कृतिक महत्त्वका पर्वहरूलाई पर्यटन प्रवद्र्धनसँग जोड्नु आवश्यक छ’, प्रधानमन्त्री ओलीले सन्देशमा भनेका छन्, ‘प्राचीन महत्त्वका मौलिक विशेषता भएका यस्ता पर्वहरू बाह्य पर्यटकलाई आकर्षण गर्ने कडी बन्न सक्छन्। त्यस पक्षलाई पनि आत्मसात् गर्दै अघि बढ्न म सबैमा आग्रह गर्दछु।’

प्रधानमन्त्री ओलीले नेपाल बहुभाषा, बहुधर्म र बहुसंस्कृतिको देश भएको उल्लेख गरे । ‘एक अर्काको समुदायका संस्कृतिलाई हामीले साझा सामाजिक–सांस्कृतिक निधि मान्दै आएका छौँ। यही सांस्कृतिक विशेषताका कारण हामी सम्पूर्ण नेपाली एकताको सूत्रमा बाँधिएका छौँ,’ प्रधानमन्त्रीको सन्देशमा भनिएको छ, ‘हाम्रो सांस्कृतिक विविधतालाई विभेदका रूपमा अथ्र्याई नेपालीबीचको एकता धुमिल्याउने प्रयास भए तर हामीले त्यस्ता दुस्प्रयासलाई परास्त गरिसकेका छौँ।’

प्रकाशित मिति : २७ भदौ २०७६, शुक्रबार  ७ : ०७ बजे

इराकको कुर्दिस्तानमा इरानी कुर्द समूहका शिविरमा ड्रोन आक्रमण

तेहरान– इरानले इराकको कुर्दिस्तान क्षेत्रमा रहेका इरानी कुर्द विपक्षी समूहका

पोखरा एभेन्जर्सबाट खेल्न नेपाल आइपुगे बंगलादेशका पूर्वकप्तान शाकिब अल हसन

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण खेल्न

एनपीएल सिजन ३ को पुरस्कार सार्वजनिक : विजेताले १ करोड ५० लाख पाउने

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाल प्रिमियर लिग

अउडीले अमेरिकामा ४ अर्ब डलर लगानी गर्ने

वासिङ्टन – जर्मन कार निर्माता कम्पनी अउडीले अमेरिकामा आफ्नो पहिलो

एनपीएलको बजार मूल्य आठ अर्ब पुग्यो : पारस खड्का

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव पारस खड्काले