नारायणकाजीले भने- ओली सरकार अलोकप्रिय हुँदा राजावादी सक्रिय हुन थाले « Khabarhub

नारायणकाजीले भने- ओली सरकार अलोकप्रिय हुँदा राजावादी सक्रिय हुन थाले


२९ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले नेपाली कांग्रेस र नेकपा एमालेको सरकारले अलोकप्रिय काम गरेकै कारण राजावादी सक्रिय भएको बताएका छन् ।

प्रेस सेन्टर नेपाल दोलखा जिल्ला समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता श्रेष्ठले यस्तो बताएका हुन् । पत्रकार सम्मेलनमा उनले केपी ओली नेतृत्वको सरकार भ्रष्टाचारमा मात्रै लिप्त भएको पनि आरोप लगाए ।

गणतान्त्रिक व्यवस्थालाई चुनौती दिन खोजिएको भन्दै माओवादीले त्यसको सशक्त प्रतिकार गर्ने चेतावनी उनले दिए । प्रतिगामी शक्तिविरुद्ध सडकबाटै जवाफ दिनेगरि पार्टीले छलफल थालेको जानकारी उनले दिए ।

‘अहिले लोकतान्त्रिक उपलब्धिलाई खोस्ने वा अपहरण गर्ने प्रवृत्ति निर्णायक बिन्दुमा पुगिसकेको ठानेर अभियान स्थगित गरेका हौँ। त्यो प्रयत्न पहिलेभन्दा सुनियोजित र व्यवस्थित रूपमा बढिरहेको हाम्रो निष्कर्ष हो’, उनले भने, ‘त्यसैले हामीले सांसद्‍भित्रको भूमिका प्रभावकारी बनाउनुपर्‍यो । राष्ट्रिय राजनीतिको हस्तक्षेपलाई पनि हामीले केन्द्रबाट अगाडि बढाउनुपर्छ भनेर केही दिन कार्यक्रम फेरेको हो । अब अभियानलाई निरन्तरता दिन्छौँ ।’

प्रकाशित मिति : २९ फाल्गुन २०८१, बिहीबार  ३ : ३० बजे

अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री

काठमाडौं– शिक्षामन्त्री सस्मित पोखरेलले विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुने

दिल्लीमा चर्किँदो आन्दोलन : सडकदेखि सदनसम्म मोदी सरकारलाई विपक्षीको घेराबन्दी

काठमाडौं- भारतको राजधानी दिल्लीमा नीट प्रश्नपत्र चुहावट प्रकरणलाई लिएर आन्दोलन

रास्वपा सभापति लामिछाने चीन जाने, उच्चस्तरीय भेटघाटको तयारी

काठमाडौं- सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उत्तरी छिमेकी

मनिलामा अमेरिका–रुसबीच युक्रेन युद्धबारे उच्चस्तरीय छलफल

मनिला– दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको सङ्घ (आसियान) को शिखर सम्मेलनका क्रममा

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

चितवन– चितवनका स्थानीय महिला सुत्केरी सेवाका लागि स्थानीय स्वास्थ्यचौकी, बर्थिङ