ऊर्जा मन्त्रालयले भन्यो- भारतसँग विद्युतको नयाँ दररेट कायम गर्न कुलमानले छलफल गरेका छैनन् « Khabarhub

ऊर्जा मन्त्रालयले भन्यो- भारतसँग विद्युतको नयाँ दररेट कायम गर्न कुलमानले छलफल गरेका छैनन्


२९ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


597
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले भारतबाट आयात हुने विद्युत्‍मा नयाँ दररेट कायम गर्ने विषयमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग छलफल नभएको जनाएको छ।

मन्त्रालयका प्रवक्ताले एक विज्ञप्ति जारी गर्दै भारतबाट आयात गरिने विद्युत्‍मा सन् २०२५/२६ का लागि नयाँ दर कायम गर्न प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले मन्त्री र सचिवहरूसँग म्यान्डेट नलिएको जनाएको हो ।

यसअघि प्राधिकरणले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको ‘ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्का र सचिव सुरेश आचार्य त्यही समयमा भारत भ्रमणमा रहेको बेला दुवै जनासँग छलफल गरी नयाँ दर तय गर्ने विषयमा म्यान्डेट लिइएको थियो’, भनेर गरिएको दाबी प्रमाणहीन, कपोकल्पित र भ्रामक भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले सन् २०२५/२६ का लागि विद्युत आयात गर्दा ०२४/२५ को तुलनामा १.५ प्रतिशतले मूल्यवृद्धि गर्ने सहमति भएको अनौपचारिक जानकारी प्राप्त भएको भन्दै त्यसबारे ध्यानाकर्षण भएको जनाएको छ ।

यसका साथै मन्त्रालयले मन्त्री, सचिव र प्राधिकरणका कार्यकारी निर्देशक भारत भ्रमण रहेकै बेला कुलमानले कुनै स्वीकृति नलिएको भन्दै पदीय मर्यादाका हिसाबले उनले गम्भीर अशोभनीय काम गरेको जनाएको छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०८१, बिहीबार  ५ : १६ बजे

कांग्रेस सभापतिको शपथग्रहण फूलपातीका दिन, अन्यको दशैँपछि

काठमाडौँ– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको

ककरोच जनता पार्टीका दिपके फेरि पक्राउ

काठमाडौं- ककरोच जनता पार्टीका प्रमुख अभिजीत दिपके फेरि पक्राउ परेका

दसैँ बिदामा पनि टेकु अस्पताल खुला रहने

काठमाडौँ – काठमाडौँको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले

स्थानीय तहको विकासका लागि योग्य नेतृत्व आवश्यक : रास्वपा प्रवक्ता खरेल    

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता जगदीश खरेलले स्थानीय

बाबुरामले हातमा कांग्रेसको रुख लिएर के भने ?

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले विभिन्न दृश्य–अदृश्य दबाबका बाबजुद