समाजवादी मोर्चाले चैत १५ गते काठमाडौंमा जनसभा गर्ने | Khabarhub Khabarhub

समाजवादी मोर्चाले चैत १५ गते काठमाडौंमा जनसभा गर्ने

राजावादीले मुलुकलाई जटिल बनाउन खोजेको निष्कर्ष


१ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा माओवादी केन्द्र नेतृत्वको समाजवादी मोर्चाले चैत १५ गते काठमाडौँमा जनसभा आयोजना गर्ने भएको छ।

नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालय आलोकनगरमा शुक्रबार बसेको मोर्चाको बैठकले चैत १५ गते बृहत् जनसभा आयोजना गर्ने निर्णय गरेको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माले जानकारी दिएका छन् ।

देशको परिस्थिति जटिल बनाउने प्रयास भइरहेकाले गणतन्त्रको पक्षमा वातावरण बनाउन मोर्चाले प्रदर्शन गर्न लागेको उनले जानकारी दिए ।

त्यसअघि बुद्धिजीवी र नागरिक समाजसँग चैत २ गते शनिबार बिहान ११ बजे अन्तक्रिया गरिने भएको छ । उक्त छलफल सकिएलगत्तै पत्रकार सम्मेलन गरी चैत १५ को कार्यक्रमबारे जानकारी दिइने उनले बताए ।

बैठकले संसदवादी र बाहिर रहेका राजनीतिक दलका नेताहरूसँग छलफल गर्ने, राष्ट्रिय स्वाधीनता र गणतन्त्रको रक्षाका साथै समाजवादतिरको यात्रालाई सहज बनाउने र यसको पक्षमा वातावरण बनाउन छलफल गर्ने निर्णय भएको विश्वकर्माले जानकारी दिए ।

बैठकले राजावादीहरूको सक्रियताले मुलुकलाई गम्भीर र परिस्थिति जटिल बनाउने कसरत भएको ठहर गरेको छ ।

प्रकाशित मिति : १ चैत्र २०८१, शुक्रबार  १२ : १० बजे

एमाले निकट अखिलको माग : जिम्मेवार निकायले राजीनामा दिनुपर्छ

काठमाडौं । नेकपा एमालेको विद्यार्थी संगठन अनेराष्ट्रवियुले नै जिम्मेवार निकायले

निजी विद्यालयहरूमा भदौ २४ र २५ गते शोक विदा

काठमाडौं – जेनजी आन्दोलनका क्रममा देशभरका विभिन्न स्थानमा थुप्रै युवा

प्रधानमन्त्री र गृहमन्त्रीलाई पक्राउ गरी जेल पठाउनुपर्छ : सांसद शाही

काठमाडौं – सरकारद्वारा जेनजी आन्दोलनमाथि गरिएको दमनप्रति राष्ट्रिय प्रजातन्त्र पार्टी

के प्रधानमन्त्री ओलीले राजीनामा देलान् ?

काठमाडौं – जेनजी पुस्ताको प्रदर्शन हिंसात्मक बनेपछि १९ जना प्रदर्शनकारीको

ओलीलाई भेट्न बालुवाटार पुगे देउवा

काठमाडौं – मन्त्रिपरिषद् बैठक जारी भएको बेला कांग्रेस सभापति शेरबहादुर