समाजवादी मोर्चाले चैत १५ गते काठमाडौंमा जनसभा गर्ने « Khabarhub

समाजवादी मोर्चाले चैत १५ गते काठमाडौंमा जनसभा गर्ने

राजावादीले मुलुकलाई जटिल बनाउन खोजेको निष्कर्ष


१ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा माओवादी केन्द्र नेतृत्वको समाजवादी मोर्चाले चैत १५ गते काठमाडौँमा जनसभा आयोजना गर्ने भएको छ।

नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालय आलोकनगरमा शुक्रबार बसेको मोर्चाको बैठकले चैत १५ गते बृहत् जनसभा आयोजना गर्ने निर्णय गरेको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माले जानकारी दिएका छन् ।

देशको परिस्थिति जटिल बनाउने प्रयास भइरहेकाले गणतन्त्रको पक्षमा वातावरण बनाउन मोर्चाले प्रदर्शन गर्न लागेको उनले जानकारी दिए ।

त्यसअघि बुद्धिजीवी र नागरिक समाजसँग चैत २ गते शनिबार बिहान ११ बजे अन्तक्रिया गरिने भएको छ । उक्त छलफल सकिएलगत्तै पत्रकार सम्मेलन गरी चैत १५ को कार्यक्रमबारे जानकारी दिइने उनले बताए ।

बैठकले संसदवादी र बाहिर रहेका राजनीतिक दलका नेताहरूसँग छलफल गर्ने, राष्ट्रिय स्वाधीनता र गणतन्त्रको रक्षाका साथै समाजवादतिरको यात्रालाई सहज बनाउने र यसको पक्षमा वातावरण बनाउन छलफल गर्ने निर्णय भएको विश्वकर्माले जानकारी दिए ।

बैठकले राजावादीहरूको सक्रियताले मुलुकलाई गम्भीर र परिस्थिति जटिल बनाउने कसरत भएको ठहर गरेको छ ।

प्रकाशित मिति : १ चैत्र २०८१, शुक्रबार  १२ : १० बजे

गगन नेतृत्वमा कांग्रेस केन्द्रीय समितिमा २९ डाक्टर र १५ इन्जिनियर निर्वाचित

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगनकुमार थापाको नेतृत्वमा निर्वाचित नयाँ

राष्ट्रपति पौडेलले जारी गरे दुई अध्यादेश, एक विधेयक

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले दुई अध्यादेश र एक विधेयक जारी

कांग्रेस सभापतिको शपथग्रहण फूलपातीका दिन, अन्यको दशैँपछि

काठमाडौँ– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको

ककरोच जनता पार्टीका दिपके फेरि पक्राउ

काठमाडौं- ककरोच जनता पार्टीका प्रमुख अभिजीत दिपके फेरि पक्राउ परेका

दसैँ बिदामा पनि टेकु अस्पताल खुला रहने

काठमाडौँ – काठमाडौँको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले