पूर्वविशिष्टलाई आजीवन सुविधा आवश्यक छैन : सभापति खतिवडा « Khabarhub

पूर्वविशिष्टलाई आजीवन सुविधा आवश्यक छैन : सभापति खतिवडा


१ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


333
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय संसद्को राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले सरकारलाई राजनीतिक नेतृत्वभन्दा जनतालाई माथि राख्न सुझाव दिएका छन् । 

सरकारले पूर्वविशिष्टलाई आजीवन सुविधा दिने विधेयक ल्याउने तयारी गरेको भन्दै उनले सरकारलाई राजनीतिक नेतृत्वभन्दा जनतालाई माथि राख्न सुझाव दिएका हुन् । 

नेपाली कांग्रेसका सांसद खतिवडाले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘राजनीतिक नेतृत्वभन्दा जनतालाई माथि राख । ‘पूर्वविशिष्टलाई आजीवन सुविधा’ आवश्यक छैन ।’ 

खतिवडाले सरकारले बेमौसमी बाजा बजाउन नहुने पनि उल्लेख गरेका छन् । ‘पूर्वविशिष्टलाई आजीवन सुविधा रु यो बेमौसमी बाजा बजाई राम्रो हुन्न,’ उनले लेखेका छन्, ‘सरकार  राम्रो काम गर । यस्ता कार्य बन्द गर ।’

प्रकाशित मिति : १ चैत्र २०८१, शुक्रबार  १२ : ५५ बजे

सामाजिक सञ्जालमा अशिष्‍टता रोक्न एमाले बाँकेको निगरानी, ‘स्क्रिनसट’ राखेर बुलेटिन निकाल्ने

नेपालगन्ज- नेकपा एमाले बाँकेले सामाजिक सञ्जालमा बढ्दै गएको अशिष्ट, अमर्यादित तथा

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा

काठमाडौं– काठमाडौं महानगरपालिकाले महिलामा हुने पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर

चेपाङ समुदायले घरघरमै मनाए न्वागी

नारायणगढ– चेपाङ समुदायले यसवर्ष छोनाम (न्वागी) घरघरमै मनाएका छन् । 

सुधन भन्थे : सिंहदरबार त हजारवटा बनाउन सकिन्छ तर मन्त्री निवासबाहेकका संरचना मर्मतसमेत गरेन सरकारले

काठमाडौं- वालेन्द्र शाह नेतृत्वको वर्तमान सरकारका शक्तिशाली मन्त्री हुन् सुधन

बाढी प्रभावित नुवाकोटमा हैजाविरुद्धको खोप

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बाढी प्रभावित क्षेत्रमा हैजा