'रुससँगको वार्ताले युद्ध अन्त्यको सम्भावना बढायो' | Khabarhub Khabarhub

‘रुससँगको वार्ताले युद्ध अन्त्यको सम्भावना बढायो’

वार्ता सकारात्मक र उत्साहप्रद भएको ट्रम्पको भनाइ


२ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


417
Shares
  • change font
  • change font
  • change font

वाशिङटन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लाडिमिर पुटिनसँगको वार्ता राम्रो र उपलब्धिमूलक भएको बताएका छन्। पुटिन र अमेरिकी दूत स्टिम विटकोभको बीचमा भएको वार्तापछि ट्रम्पको यो प्रतिक्रिया आएको हो।

सामाजिक सञ्जाल ट्रुथ सोसलमा ट्रम्पले डरलाग्दो र रक्तपातपूर्ण युद्धको अन्यको सम्भावनाको कुरा भएको बताए। यस बिचमा युक्रेनी राष्ट्रपति भोलोडोमिर जलेन्स्कीले रुसी राष्ट्रपति युद्ध चाहेकाले वार्ताबाट भाग्न चाहेको बताए। बेलायती प्रधानमन्त्री केइर स्टेइमरले युद्ध विरामको प्रक्रियामा रुसले कुनै खेल खेल्न नहुने बताए।

यस अघि नै साताको सुरुवातमा युक्रेनले अमेरिकाले राखेको युद्ध विरामको प्रस्तावलाई स्वीकार गरी सकेको छ। रुसले भने स्वीकार गर्न बाँकी छ।

पुटिनले आफू वार्ताका लागि सकारात्मक भए पनि केही अप्ठेरो अवस्था रहेको बताए। जेलेन्स्कीले भने बारम्बार पुटिनले स्थितिमा अप्ठेरो शर्त राख्दै वार्ताबाट भाग्न चाहेको आरोप लगाइरहेका छन्।

स्टेइमरले पनि रुसी राष्ट्रपति वार्तामा गम्भीर नभएको आरोप लगाएका छन्। गएको शनिबार स्टेइमरले २५ भन्दा बढी देशका नेतासँग भिडियो कल गर्दै लन्डन सम्मेलनले तय गरे जस्तै शान्ति प्रक्रियामा लागि सबैले चासो दिनु पर्नेमा जोड दिएका थिए।

रुस टेबलमा आए आफूहरू युद्ध विराममा मनिटरिङ गर्न तयार रहेको उनले बताए। उनले पुटिनले युद्ध मैदान र रक्तपात नै चाहेकाले उनलाई मनाउन ट्रम्प सफल हुनेमा आशा व्यक्त गरे।

प्रकाशित मिति : २ चैत्र २०८१, शनिबार  ६ : २८ बजे

भारत–अमेरिका व्यापार वार्ता असफलताको अन्तर्य

काठमाडौं- पाँच चरणको व्यापार वार्तापछि भारतीय अधिकारीहरू अमेरिकासँग अनुकूल सम्झौता

हिरोसिमा र नागासाकी पुगेर जापानीले सम्झिए आणविक हतियारको पीडा

आजभन्दा ठिक ८० वर्षअघि। अगस्ट महिनाको महिनाको ६ देखि ९

मृत्यु संस्कारमा कनकाई नगरले नगद सहयोग गर्ने

झापा– झापाको कनकाई नगरपालिकाले नगरवासीलाई मृत्यु संस्कारमा सहयोग गर्ने उद्देश्यले

४१ स्थानमा सशस्त्रको मनसुन प्रतिकार्य अस्थायी बेस स्थापना

काठमाडौं– सशस्त्र प्रहरीले काठमाडौं उपत्यकासहित देशभर ४१ स्थानमा मनसुन प्रतिकार्य

कर्णाली प्रदेशसभाको छैटौँ अधिवेशन अन्त्य

कर्णाली– कर्णाली प्रदेशसभाको छैटौँ अधिवेशन बुधबार राति १२ बजेबाट अन्त्य