सुनकुडा क्याम्पसका निर्वाचन अधिकृत स्याडालाई पदमुक्त गर्न माग « Khabarhub

सुनकुडा क्याम्पसका निर्वाचन अधिकृत स्याडालाई पदमुक्त गर्न माग


२ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


696
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का विद्यार्थी सङ्गठनहरूले बझाङको सुनकुडा क्याम्पसका निर्वाचन अधिकृत हिक्मत बहादुर स्याडालाई पदमुक्त गर्न माग गरेका छन् ।

क्याम्पसमा लगाइएको ताला खोल्ने वातावरण निर्माण नगरी निर्वाचन अधिकृत स्याडा अराजक ढङ्गबाट एकलौटी तरिकाले अगाडि बढेको दाबी गर्दै नेविसंघ र अखिल समाजवादीले राजीनामा माग गरेका हुन् ।

दुवै संगठनले यसअघि फागुन २९ मा निर्वाचन अधिकृत स्याडाले त्रिविको निर्देशिका बमोजिम निर्वाचन प्रक्रिया अघि नबढाएको भन्दै क्याम्पसमा तालाबन्दी गरेका थिए ।

स्याडाले नेविसंघ र अखिल समाजवादीले लगाएको तालाबन्दी खुलाएर निर्वाचन प्रक्रिया अघि बढाउन छलफल नै नगरेको भन्दै दुवै सङ्गठनले विज्ञप्ति जारी गरेर उनलाई पदमुक्त गर्नुपर्ने माग अघि सारेका हुन् ।

‘हिक्मतबहादुर स्याडालाई निर्वाचन अधिकृतबाट हटाएर त्रिविको निर्देशिका बमोजिम निर्वाचन प्रक्रिया अगाडि बढाउनका साथै निज हिक्मतबहादुर स्याडा क्याम्पसको आंशिक शिक्षक र राजनीतिक आडमा निर्वाचन अधिकृत भएको कुरा प्रष्ट छ,’ विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति : २ चैत्र २०८१, शनिबार  १२ : ०६ बजे

देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँः भीम रावल

कञ्चनपुर – नेपाली कम्युनिष्ट पार्टीका नेता डा भीम रावलले राष्ट्रिय

लहानमा २६ प्रतिशत घरधुरीमा सुरक्षित खानेपानीको पहुँच विस्तार

सिरहा – यहाँको लहान नगरपालिका क्षेत्रमा सुरक्षित खानेपानीको पहुँच विस्तार

क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौता योग्य नहुने इरानको जवाफ

तेहरान – इरानले सोमबार आफ्नो क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक प्रकृतिको भएको

जापानिज इन्सेफ्लाइटिस्बाट यस वर्ष ३५ जनाको मृत्यु

काठमाडौं– जापानिज इन्सेफ्लाइटिस्को सङ्क्रमणबाट यस वर्ष ३५ जनाको मृत्यु भएको