चित्रकार शशिविक्रम शाहलाई ‘आदर्श गुरु सम्मान’ « Khabarhub

चित्रकार शशिविक्रम शाहलाई ‘आदर्श गुरु सम्मान’


२ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भीमदर्शन रोका स्मृति कोषले आज काठमाडौँमा एक समारोहकाबीच छ दशकदेखि सिर्जनामा सक्रिय वरिष्ठ चित्रकार शशिविक्रम शाहलाई रु ५० हजार एक राशिको आदर्श गुरु सम्मान प्रदान गरेको छ ।

उनलाई सिद्धार्थ वनस्थली स्कुलका प्राचार्य रुपक राजवंशी, साहित्यकार रोचक घिमिरेले सम्मानपत्र र खादा ओढाउँदै सम्मान गरे । कोषले आजै काभ्रेको पनौतीमा रहेको सहारा ज्येष्ठ नागरिक समाजलाई पनि त्यति नै रकमसहित सम्मान गरेको छ ।

सम्मानित भएपछि कलाकार शाहले आफूलाई सिर्जनामा लाग्न जाँगर थपिएको बताए । उनीे स्वदेशमा मात्र नभई विदेशमा पनि परिचित छन् । बेलायतको टेक मोर्डन आर्ट ग्यालरीमा उहाँको मात्र चित्र राखिएका छन् ।

साहित्यकार रोचक घिमिरेले स्रष्टा सम्मानलाई समाजले निरन्तरता दिनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : २ चैत्र २०८१, शनिबार  ८ : ५६ बजे

रवि लामिछाने र बालेन शाहबीच भेटवार्ता

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं

देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँः भीम रावल

कञ्चनपुर – नेपाली कम्युनिष्ट पार्टीका नेता डा भीम रावलले राष्ट्रिय

लहानमा २६ प्रतिशत घरधुरीमा सुरक्षित खानेपानीको पहुँच विस्तार

सिरहा – यहाँको लहान नगरपालिका क्षेत्रमा सुरक्षित खानेपानीको पहुँच विस्तार

क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौता योग्य नहुने इरानको जवाफ

तेहरान – इरानले सोमबार आफ्नो क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक प्रकृतिको भएको