सांसदहरूले भने- पूर्वविशिष्ठलाई सुविधा थप्ने होइन, अहिले दिइरहेकै पनि रोकौँ | Khabarhub Khabarhub

सांसदहरूले भने- पूर्वविशिष्ठलाई सुविधा थप्ने होइन, अहिले दिइरहेकै पनि रोकौँ


३ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पूर्वविशिष्ठहरूलाई आजीवन सेवा सुविधा दिन लागिएको भनेर आएको समाचारको विषय संसद्‍मा पुगेको छ ।

आइतबार बसेको संदस् बैठकमा सांसदहरूले यो विषयलाई चर्कोसँग उठाएका छन् । राज्यलाई भार थपिनेगरि पूर्वविशिष्टहरुलाई सुविधा थप्ने कुरा आपत्तिजनक भएको भन्दै यसबाट सरकार पछि हट्नुपर्ने पनि बताएका छन् ।

बैठकमा बोल्दै नेकपा (एकीकृत समाजवादी) का सांसद प्रकाश ज्वालाले पूर्वविशिष्टहरूलाई दिइएको मनोमानी सुविधा पनि रोकिनुपर्ने बताए ।

उनले सांसदहरूकै सुविधा घटाउन तयार हुनुपर्ने प्रस्ताव गरेका छन् । उनले अहिलेका विशिष्ट पदाधिकारीहरूको समेत सुविधा घटाउनुपर्ने बताएका छन् ।

उनले प्रतिनिधिसभाको शून्य समयमा बोल्दै अहिलेको सरकारले गर्नुपर्ने काम नगरेको आरोप लगाए । सरकारको ध्यान जनताप्रतिको जिम्मेवारी पूरा गर्नेतर्फ नभएको आरोप पनि उनको छ । उनले अहिलेसम्म भूकम्प प्रभावित क्षेत्रका जनताले र बाढी-पहिरो पीडितले पनि राहत नपाएको बताए ।

अहिले मुलुकमा भ्रष्टाचार व्याप्त रहनुका साथै आर्थिक अवस्था पनि जर्जर रहेको बताए ।

त्यसैगरी नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधि सभा सदस्य रामकृष्ण यादवले पूर्वविशिष्टलाई आजीवन सुविधा दिनु देशको हितमा नहुने बताए ।

आइतबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले मुलुकको आर्थिक अवस्था कमजोर रहेको, भ्रष्टाचार नियन्त्रण हुन सकिरहेको र जनता उपचार नपाएर ज्यान गुमाउने अवस्था देखिइरहेकाले पूर्वविशिष्टलाई आजीवन सुविधा दिनेगरी कानुन बनाउन नहुने बताएका हुन् ।

‘अहिले देश आर्थिक दृष्टिकोणले कमजोर अवस्थाबाट गुज्रिरहेको छ । विकास निर्माण र सार्वजनिक सेवा प्रभावकारी बनाउन नसकेको भनेर आलोचना भइरहेको अवस्थामा सरकारले पूर्वविशिष्ट पदाधिकारीहरुलाई आजीवन सुविधा दिनेगरी कानुन बनाउन लागेको भन्ने समाचार बाहिर आएको छ’, उनले भने, ‘पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, पूर्वसभामुख, पूर्वराष्ट्रिय सभाका अध्यक्ष, पूर्वमन्त्रिपरिषद्का अध्यक्षलाई आजीवन भत्ता, घर भाडा, घर मर्मत खर्च, सवारी साधन, सचिवालयका कर्मचारी र सहयोगी राख्नेसहित कानुनको मस्यौदा बन्दैछ भन्ने बाहिर आएको छ ।’

त्यस्तै माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले पूर्वविशिष्टहरूलाई आजीवन सुविधा दिनेगरि कानून बनाउन लागिएको भन्दै आपत्ति जनाए ।

महँगी नियन्त्रण र गरिबलाई राहतमा दिनुपर्नेमा जनताप्रतिको उत्तरदायित्व भुलेर सरकार विशिष्ट व्यक्तिलाई सेवा सुविधाको निर्णय उचित नभएको उनले बताएका छन् ।

त्यसैगरी स्वतन्त्र सांसद डा. अमरेश सिंहले पनि सरकारले पूर्वविशिष्टहरूलाई आजीवन सुविधा दिनेगरी ड्राफ्ट गरेको कानुनको उनले विरोध गरे ।

विशिष्टहरुले पदमा हुँदा पनि लुट्ने गरेको र विभिन्न काण्ड गराउने गरेको उनको आरोप छ । पदबाट बाहिरिइसकेपछि पनि जनतालाई ऋणको मारमा पारेर सुविधा दिन नहुने उनले बताए ।

‘पूर्वविशिष्टको सुविधाको कुरा छ । पदमा हुँदा लुट्ने, ठूला–ठूला काण्ड गर्ने, एनसेल काण्डदेखि लिएर वाइडबडी काण्ड गर्ने’, उनले भने, ‘रिटायर्ड भएर पनि जनताको लुट्ने ? त्यो मिल्दैन । जनता ऋणको मारमा जाने, पूर्वविशिष्टहरु पदमा जाँदा पनि लुट्ने, रिटायर्ड भएर पनि लुट्ने । यो बन्द हुनुपर्छ ।’

प्रकाशित मिति : ३ चैत्र २०८१, आइतबार  १२ : १२ बजे

‘राजागंज’ हेरेपछि सीके राउतले भने– सेन्सरविरुद्ध आवाज उठाउँछौं

काठमाडौं – फिल्म ‘राजागंज’मा सेन्सर बोर्डले जथाभावी कैँची चलाएको भन्दै

प्रचण्डको फोटो जलाएपछि पक्राउ परेका राप्रपाका नेता रिहा

काठमाडौं – पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको फोटो जलाएपछि पक्राउ परेका

‘डोरी’को ट्रेलरमा डोरीको खोजी

काठमाडौं – चैत १५ गते प्रदर्शन मिति तोकिएको फिल्म ‘डोरी’को

विविधतायुक्त संस्कृतिलाई राष्ट्रिय एकतामा रुपान्तरण गर्नुपर्नेमा प्रधानन्त्रीको जोड

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले विविधतायुक्त संस्कृति र सम्पदालाई

मिल्स गोल्ड कप फुटबल प्रतियोगितामा फ्युजन फुटबल क्लब विजयी

मोरङ – आजदेखि विराटनगरमा सञ्चालित पाँचौँ संस्करणको मिल्स गोल्डकप फुटबल