माओवादी सांसदको दाबी- गणतन्त्र पक्षधरहरूको सरकार बन्ने ढोका खुल्यो | Khabarhub Khabarhub

माओवादी सांसदको दाबी- गणतन्त्र पक्षधरहरूको सरकार बन्ने ढोका खुल्यो


३ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


390
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले गणतन्त्रपक्षधरको सरकार बन्ने सम्भावनाको ढोका खुलेको बताएका छन् ।

आइतबार संसद् भवन बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै सांसद दाहालले अहिले सडकभन्दा पनि सरकारमा समस्या देखिएको भन्दै त्यसलाई निरुत्साहित गर्न गणतन्त्र पक्षधरको सरकार बन्ने सम्भावनाको ढोका खुलेको बताएका हुन् ।

यसका लागि प्रारम्भीक छलफलसमेत सुरु भइसकेको उनले दाबी गरेका छन् । दाहालले गणतन्त्रपक्षधरको सरकार बनाउने प्रक्रियामा एमालेभन्दा कांग्रेससँग बढी छलफल हुने जिकिर गरे ।

सांसद दाहालले अबको सहकार्य गणतन्त्रविरोधीसँग नहुने र गणतन्त्र पक्षधर एक ठाउँमा उभिएर सहकार्य हुने धारणा राखेका छन् ।

उनले वर्तमान सरकारका कारण निराशा पैदा भएकाले प्रतिगामीलाई फाइदा पुगेको पनि दाबी गरेका छन् ।

प्रकाशित मिति : ३ चैत्र २०८१, आइतबार  १२ : ३३ बजे

टिकट नपाएपछि एमाले प्रवेश गरेका बोहरा कांग्रेसमै फर्किए

धनगढी– बुढीनन्दा नगरपालिकाकाका उपप्रमुख रामबहादुर बोहरा पुनः नेपाली कांग्रेसमै फर्किएका

‘किसान पलायन भए उद्योग व्यवसाय पनि सबल रहँदैन’ 

पाटन– किसान पलायन भए उद्योग व्यवसाय पनि सबल नरहने भन्दै

मुद्दा फर्छ्यौटमा उल्लेख्य सुधार भएको छ : प्रधानन्यायाधीश राउत

काठमाडौं– प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले सर्वोच्च अदालतको मुद्दा फर्छ्यौटमा उल्लेख्य सुधार

गोदावरीमा जैविक प्रविधिमार्फत पहिरो नियन्त्रण

गोदावरी– ललितपुरस्थित गोदावरी नगरपालिकाले जैविक प्रविधिमार्फत पहिरो नियन्त्रण कार्य अगाडि