सरकारबारे संसद्‍मा चित्रबहादुरको टिप्पणी- स्याल बहुलायो भने सहर पस्छ « Khabarhub

सरकारबारे संसद्‍मा चित्रबहादुरको टिप्पणी- स्याल बहुलायो भने सहर पस्छ


३ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


237
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पूर्वविशिष्टलाई आजीवन सुविधा दिनेगरी सरकारले ड्राफ्ट गरिरहेको कानुनको विरोध गरेका छन् ।

प्रतिनिधि सभाको आइतबार बसेको बैठकमा उनले सरकारको यस्तो कार्यलाई ‘स्याल बहुलाएको’ संज्ञा पनि दिए । पूर्वविशिष्टलाई सेवा सुविधा दिने कुरामा सरकार गम्भीर हुन जरुरी रहेको उनले बताए ।

‘मुलुकको यस्तो आर्थिक अवस्था देख्दादेख्दै, लाखौँ बेरोजगार युवा विदेशमा गल्लीगल्लीमा भौँतारिँदा भौँतारिँदै यस्तो बेला सरकारले पूर्वविशिष्टलाई सेवा सुविधा दिने व्यवस्था गर्न लागेको छ । यो के गरेको हो सरकारले ? स्याल बौलायो भने सहर पस्छ भन्ने नेपाली उखान छ । यस्तो बेला हो ? पूर्वविशिष्टहरूले दुःख पाउनु भएको छ ? उहाँहरुको सेवा सुविधा पुगेन ?’, उनले भने, ‘ ’यस्तो बेलामा पूर्व विशिष्टहरूलाई दिइने सेवा सुविधामा सरकार गम्भीर होस् । यतातिर नबढोस् । जनताको यत्रो आक्रोश सरकार र व्यवस्थाप्रति भइरहेको बेलामा यो कसले चलाउँछ सरकार ?’

प्रकाशित मिति : ३ चैत्र २०८१, आइतबार  १ : ०६ बजे

पछिल्लो २४ घण्टामा सर्पदंशबाट एक जनाको मृत्यु, १० घाइते

काठमाडौं – पछिल्लो २४ घण्टामा भएका विभिन्न घटनामा एक जनाको

बेलायतमा नेपाली विद्यार्थीका समस्या गम्भीर, तत्काल सुधारका उपाय अपनाउन आग्रह

काठमाडौं – बेलायतमा अध्ययनरत नेपाली विद्यार्थीहरूले भोगिरहेका समस्या दिनप्रतिदिन गम्भीर

आफैँले चलाएको गाडी दुर्घटना हुँदा स्वर्गद्वारीका उपप्रमुखको मृत्यु

प्यूठान – प्यूठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख मीनराज राना मगरको सवारी

भाइरल च्याटबारे सुजन चापागाईंको स्पष्टीकरण : सामाजिक सञ्जालको दुरुपयोग भयो, छानबिन सुरु गरिसकेको छु

काठमाडौं – पछिल्लो केही दिनदेखि सामाजिक सञ्जालमा आफूले विभिन्न महिला