ट्रम्पले भुटानसहित ४१ देशलाई यात्रा प्रतिबन्ध लगाउँदै « Khabarhub

ट्रम्पले भुटानसहित ४१ देशलाई यात्रा प्रतिबन्ध लगाउँदै


३ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-अमेरिकाको ट्रम्प प्रशासनले दर्जनौँ देशका नागरिकहरूका लागि यात्रा प्रतिबन्ध जारी गर्ने तयारी गरेको छ ।

समाचार एजेन्सी रोयटर्सका अनुसार भुटानसहित ४१ देशलाई अमेरिकामा प्रतिबन्ध लगाउने तयारी भएको छ ।

ती देशहरूलाई तीन समूहमा विभाजन गरिएको छ । जसमा पहिलो समूहमा दश देशहरू समावेश छन् ।

यसमा भुटान, अफगानिस्तान, इरान, सिरिया, क्युबा र उत्तर कोरिया तथा अन्य देशहरू समावेश छन् । उनीहरूको भिसामा पूर्ण प्रतिबन्ध लगाइनेछ ।

त्यस्तै दोस्रो समूहमा पाँच देशका नामहरू छन् । यसमा इरिट्रिया, हाइटी, लाओस, म्यानमार र दक्षिण सुडान समावेश छन् ।

यी देशहरूलाई आंशिक निलम्बन गरिने छ, जसले पर्यटक र विद्यार्थी भिसाका साथै आप्रवासी भिसालाई पनि असर गर्नेछ ।

त्यसैगरी तेस्रो समूहमा कुल २६ देशहरू समावेश छन् । यसमा बेलारुस, पाकिस्तान, तुर्कमेनिस्तान जस्ता देशहरू समावेश छन् ।

यदि यी देशका सरकारहरूले ‘६० दिनभित्र कमजोरी सम्बोधन गर्न प्रयास नगरे भिसा जारी गर्न आंशिक प्रतिबन्ध लगाउने बताइएको छ ।

ट्रम्प प्रशासनका अधिकारीलाई उदृत गर्दै यो सूचीमा परिवर्तन हुन सक्ने र यसलाई अमेरिकी प्रशासन र अमेरिकी विदेशमन्त्री मार्को रुबियोले पारित गर्न बाँकी रहेको मिडिया रिपोर्टमा उल्लेख छ ।

प्रकाशित मिति : ३ चैत्र २०८१, आइतबार  १ : ३५ बजे

विष्णु पौडेललाई साधारण तारेखमा छाड्दा विशेष अदालतले लिएका चार आधार

काठमाडौं – विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा नेकपा (एमाले)का उपाध्यक्ष

वर्तमान सरकार चौतर्फी असफल, अर्थतन्त्र संकटग्रस्त : आजपा 

काठमाडौं– आम जनता पार्टी (आजपा)ले वर्तमान सरकार चौतर्फी असफल भएको निश्कर्ष

उपत्यका डुबान : मुख्य निकास साँघुरिँदा बढ्दो सास्ती

काठमाडौं– अनामनगर, नयाँ बानेश्वर, जमल, रानीवन तथा सिंहदरबारलगायत आसपासको क्षेत्र

मधेस प्रदेश सरकारद्वारा ५६.३१ प्रतिशत बजेट खर्च

जनकपुरधाम– मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ मा कुल बजेटको

‘रासायनिक मलको दीर्घकालीन समाधान गर्न नीतिगत सुधार आवश्यक’

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले रासायनिक मलको दीर्घकालीन