विवादमा तानिए युवराज संग्रौला, छानबिन गर्न तीन सदस्यीय समिति | Khabarhub Khabarhub

विवादमा तानिए युवराज संग्रौला, छानबिन गर्न तीन सदस्यीय समिति


३ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं स्कुल अफ ल (केएसएल) का संस्थापक एवम् पूर्वमहान्यायाधिवक्ता युवराज संग्रौलामाथि लागेको विद्यार्थीलाई दुर्व्यवहारसम्बन्धी आरोपबारे छानबिन हुने भएको छ ।

केएसएलमा अध्ययनरत विधार्थीले आफूमाथि दुर्व्यवहार गरिएको र यौनिक तथा लैंगिक अल्पसंख्यक व्यक्तिहरूप्रति कलेज अनुदार रहेको आरोप लगाएपछि भएको विवादबारे छानबिन गर्न समिति बनाइएको हो ।

गत २४ फागुनमा केएसएलकी एक विद्यार्थीले आफूलाई तीन महिनाअघि कलेजमा यौन दुर्व्यवहार गरिएको भन्दै उजुरी दिएकी थिइन् ।

सामाजिक सञ्जाल इन्स्टाग्राममा ती विद्यार्थीले पूर्वमहान्यायाधिवक्ता समेत रहेका संग्रौलाले कलेजमा छात्राहरूसँग यौनजन्य टिप्पणी र महिलाको शरीरबारे अपमानजनक शब्द प्रयोग गर्ने गरेको आरोप लगाएकी थिइन् ।

उक्त आरोपबारे छानबिनका लागि पूर्वन्यायाधीश श्रीकृष्ण भट्टराईको संयोजकत्वमा वरिष्ठ पत्रकार तीर्थ कोइराला र अधिवक्ता सीमा धामी रहेको तीन सदस्यीय जाँचबुझ समिति बनाइएको हो ।

एकजना विद्यार्थीले सङ्ग्रौलालगायत केही शिक्षकमाथि पढाउने क्रममा कक्षामा यौन दुर्व्यवहार गरेको आरोप लगाउँदै इन्स्ट्राग्राममा लेखेपछि विवाद सुरू भएको थियो ।

प्रकाशित मिति : ३ चैत्र २०८१, आइतबार  ५ : ४३ बजे

चिकित्सा शिक्षा आयोगको २०औँ बैठक : पिसिएल नर्सिङको कोटा निर्धारण

काठमाडौं – चिकित्सा शिक्षा आयोगको आजको २०औँ बैठकले प्राविधिक तथा

छाउगोठमा महिलाको मृत्युबारे स्थलगत अनुगमन

धनगढी – सुदूरपश्चिम प्रदेश सभाको सामाजिक विकास समितिले कञ्चनपुरका छाउपडी

मुस्ताङमा सार्वजनिक जग्गामा स्याउका बिरुवा रोप्न रोक

मुस्ताङ – मुस्ताङको घरपझोङ–२ मार्फा राज खोलास्थित सार्वजनिक जग्गामा स्याउका

पुराना कानुनी दस्तावेज ऐतिहासिक सम्पदा हुन्ः प्रधानन्यायाधीश राउत

काठमाडौं – प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले पुराना कानुनी दस्तावेज ऐतिहासिक सम्पदा

उच्च अदालत पोखराको मुद्दा फर्छ्यौटमा सुधार

गण्डकी – सर्वोच्च अदालतको पञ्चवर्षीय रणनीतिक योजनाअन्तर्गत उच्च अदालत पोखराले