विवादमा तानिए युवराज संग्रौला, छानबिन गर्न तीन सदस्यीय समिति « Khabarhub

विवादमा तानिए युवराज संग्रौला, छानबिन गर्न तीन सदस्यीय समिति


३ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं स्कुल अफ ल (केएसएल) का संस्थापक एवम् पूर्वमहान्यायाधिवक्ता युवराज संग्रौलामाथि लागेको विद्यार्थीलाई दुर्व्यवहारसम्बन्धी आरोपबारे छानबिन हुने भएको छ ।

केएसएलमा अध्ययनरत विधार्थीले आफूमाथि दुर्व्यवहार गरिएको र यौनिक तथा लैंगिक अल्पसंख्यक व्यक्तिहरूप्रति कलेज अनुदार रहेको आरोप लगाएपछि भएको विवादबारे छानबिन गर्न समिति बनाइएको हो ।

गत २४ फागुनमा केएसएलकी एक विद्यार्थीले आफूलाई तीन महिनाअघि कलेजमा यौन दुर्व्यवहार गरिएको भन्दै उजुरी दिएकी थिइन् ।

सामाजिक सञ्जाल इन्स्टाग्राममा ती विद्यार्थीले पूर्वमहान्यायाधिवक्ता समेत रहेका संग्रौलाले कलेजमा छात्राहरूसँग यौनजन्य टिप्पणी र महिलाको शरीरबारे अपमानजनक शब्द प्रयोग गर्ने गरेको आरोप लगाएकी थिइन् ।

उक्त आरोपबारे छानबिनका लागि पूर्वन्यायाधीश श्रीकृष्ण भट्टराईको संयोजकत्वमा वरिष्ठ पत्रकार तीर्थ कोइराला र अधिवक्ता सीमा धामी रहेको तीन सदस्यीय जाँचबुझ समिति बनाइएको हो ।

एकजना विद्यार्थीले सङ्ग्रौलालगायत केही शिक्षकमाथि पढाउने क्रममा कक्षामा यौन दुर्व्यवहार गरेको आरोप लगाउँदै इन्स्ट्राग्राममा लेखेपछि विवाद सुरू भएको थियो ।

प्रकाशित मिति : ३ चैत्र २०८१, आइतबार  ५ : ४३ बजे

पासको दुरूपयोग गर्दै अन्य व्यक्तिहरू ओसारपसार नगर्न आयोगको अनुरोध

काठमाडौं – निर्वाचन आयोगले सवारी पासको दुरूपयोग गर्दै सम्बन्धित व्यक्तिबाहेक

सबै मतदान केन्द्रमा पुग्यो निर्वाचन सामग्री

चितवन । यही फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि

डोनाल्ड ट्रम्पले भने : इरान वार्ता चाहन्छ, तर ‘अब ढिलो भइसक्यो’

काठमाडौं – अमेरिका–इजरायल र इरानबीच जारी सैन्य द्वन्द्व आज चौथो

धरहराभित्र पार्किङस्थल व्यवस्थापनको जिम्मेवारी काठमाडौँ महानगरलाई

काठमाडौं – ऐतिहासिक धरहराभित्र भूमिगत तलामा रहेको पार्किङस्थल व्यवस्थापनको जिम्मेवारी

प्रसाईंसहित चार बन्दीको मुद्दामा कारण देखाउ आदेश

काठमाडौं – सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गाप्रसाद प्रसाईंसहित चारवटा बन्दीप्रत्यक्षीकरण