प्रचण्ड भन्छन्- विरोध गर्न पाइन्छ, फोटो जलाउँदैमा पक्राउ गर्नु हुँदैन | Khabarhub Khabarhub

प्रचण्ड भन्छन्- विरोध गर्न पाइन्छ, फोटो जलाउँदैमा पक्राउ गर्नु हुँदैन


३ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


366
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लोकतन्त्रमा विरोध गर्न पाइने बताएका छन् ।

आफ्नो तस्बिर जलाएको आरोपमा प्रहरीले चितवनबाट आइतबार राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका सदस्य-सचिव निराजन बमलाई पक्राउ गरेको सन्दर्भमा उनले यस्तो बताएका हुन् ।

बमले शनिबार हेटौँडामा आयोजित राप्रपाको कार्यक्रममा प्रचण्डको तस्बिर जलाएपछि आइतबार चितवनबाट पक्राउ गरिएको हो ।

‘लोकतन्त्रमा विरोधका विभिन्न रुप हुन्छन्। फोटो जलाउँदैमा गिरफ्तार गर्नु उचित हुँदैन’, प्रहरीले बमलाई हिरासतमा लिइसकेपछि प्रचण्डले आइतबार साँझ सामाजिक सञ्जालमा भनेका छन् ।

बमले शनिबार हेटौँडामा आयोजित राप्रपाको कार्यक्रममा प्रचण्डको फोटो जलाएका थिए । उनले कार्यक्रमको मञ्चमै ‘गणतन्त्र मुर्दावाद‘ नारा लगाउँदै प्रचण्डको तस्बिरमा लाइटरबाट आगो लगाएका थिए । त्यस कार्यक्रममा राप्रपा केन्द्रीय नेता तथा सांसद दीपकबहादुर सिंहसमेत सहभागी थिए ।

प्रकाशित मिति : ३ चैत्र २०८१, आइतबार  ५ : ५४ बजे

गोरू तिहार, गोवर्धन र म्ह पूजाको महिमा

काठमाडौं – गोवर्धन पूजा, गोरू तिहार र म्ह पूजा तिहारको

देउसी भैलोमार्फत् मौलिक संस्कृतिको जगेर्ना गर्दै विद्यार्थी

बागलुङ – बागलुङमा मौलिक संस्कृतिको संरक्षण गर्न मगर विद्यार्थी जुटेका

‘स्कुटर’ दुर्घटना हुँदा दुई जनाको मृत्यु

भरतपुर – चितवनमा सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको

राहुघाटमा दुई जलविद्युत् आयोजना निर्माण

म्याग्दी – म्याग्दीको रघुगङ्गा गाउँपालिका भएर बग्ने राहुघाट नदीमा तुँदी

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जङ्गल सफारीका लागि रुट कायम

कञ्चनपुर – शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले आन्तरिक तथा बाह्य पर्यटकका लागि