‘ग्रे लिस्टबाट बाहिर निस्कन नेपालले कानुनी, नियामक र निरीक्षण क्षेत्रमा सुधार गर्नुपर्ने’ « Khabarhub

‘ग्रे लिस्टबाट बाहिर निस्कन नेपालले कानुनी, नियामक र निरीक्षण क्षेत्रमा सुधार गर्नुपर्ने’


३ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फाइनान्सियल एक्सन टाक्स फोर्स (एफएटिएफ) ले राखेको ग्रे लिस्टबाट बाहिर निस्कन नेपालले कानुनी, नियामक र निरीक्षण लगायतका क्षेत्रमा सुधार गर्नुपर्ने अन्तर्राष्ट्रिय मुद्रा कोषले जनाएको छ । १२ मार्चमा बसेको कोषको कार्यकारी बोर्डको बैठकपछि उप–प्रबन्धक बो लीले वक्तव्यमार्फत सो बताएका हुन् ।

बोर्डको बैठकमा कार्यकारी निर्देशकहरूले नेपालको वित्तीय क्षेत्रमा देखिएको समस्यालाई गम्भीर रूपमा लिएको लीले उल्लेख गरेका छन् । 

नेपालको वित्तीय क्षेत्रका नियमन अन्तर्राष्ट्रिय मानकका आधारमा गर्नुपर्ने, ऋणको पोर्टफोलियोमाथि मूल्यांकन गर्नुपर्ने र ऋण तथा बचत सहकारी क्षेत्रको समस्या समाधानका लागि समग्र रणनीति निर्माण गरेर अगाडि बढाउनुपर्ने लीको वक्तव्यमा उल्लेख छ ।

साथै, नेपाल एफएटीएफको सूचीमा परेको विषयलाई ध्यान दिँदै बोर्डको बैठकमा सहभागी निर्देशकहरूले नेपालले सम्पत्ति शुद्धीकरण र आतङ्कवादी वित्त पोषण विरोधी कानुनी, नियामक र निरीक्षण ढाँचालाई सुधार गर्नुपर्ने विशेष जोड दिएको उप–प्रबन्धक लीले बताएका छन् ।

प्रकाशित मिति : ३ चैत्र २०८१, आइतबार  ६ : १३ बजे

इन्डोनेसियामा भूकम्प, १२ हजारभन्दा बढी विस्थापित

इन्डोनेसिया– पूर्वी इन्डोनेसियाको फ्लोरेस टापुमा शनिबार गएको शक्तिशाली भूकम्पपछि करिब

नामीले नेपालमा नयाँ भिगो ई२ ‘फुल एसयूभी’ सार्वजनिक गर्ने

काठमाडौं– नेपालका लागि डोङफेङ नामीको आधिकारिक आयातकर्ता एमएडब्लू वृद्धि मोटर्सले आगामी

९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर

काठमाडौं– नेपाली कांग्रेसका नेता नैनसिंह महरले कांग्रेसका ९९.९ प्रतिशत नेता–कार्यकर्ता

सांसदका प्रश्नको जवाफ दिन प्रधानमन्त्रीलाई सभामुखको रुलिङ

काठमाडौं– सभामुख डोल प्रसाद अर्यालले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिन

शाहरुख खानपछि रानी मुखर्जीलाई ला ट्रोब विश्वविद्यालयबाट मानार्थ डक्टरेट

काठमाडौं- बलिउड अभिनेत्री रानी मुखर्जीको सफल फिल्मी यात्रामा अर्को प्रतिष्ठित