भारतमा उच्च सम्पत्ति भएका धनाढ्य व्यक्तिहरुको संख्यामा उच्च वृद्धि हुने « Khabarhub

भारतमा उच्च सम्पत्ति भएका धनाढ्य व्यक्तिहरुको संख्यामा उच्च वृद्धि हुने


२ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतमा उच्च सम्पत्ति भएका धनाढ्य व्यक्तिहरुको संख्यामा उच्च वृद्धि हुने प्रक्षेपण गरिएको छ । सन् २०२८ सम्म ‘हाई नेट वर्थ इन्डिभिजुल’ को संख्यामा ९।४ प्रतिशतले वृद्धि हुने अन्तर्राष्ट्रिय वित्तीय सेवा प्रदायक संस्था नाइट फ्रांकले जनाएको छ ।

यससँगै सन् २०२८ सम्म भारतमा यस्ता व्यक्तिहरुको संख्या ९३ हजार ७ सय ५३ जना रहने उक्त संस्थाको प्रतिवेदनमा उल्लेख छ । सन् २०२५ मा भारतमा यस्ता व्यक्तिको संख्या ८५ हजार ६ सय ९८ जना रहेको नाइट फ्रांकको वेल्थ रिपोर्टमा उल्लेख छ ।

भारतीय समाचार संस्था एएनआईका अनुसार कुल सम्पत्ति १ करोड अमेरिकी डलरभन्दा धेरै हुनेलाई ‘हाई नेट वर्थ इन्डिभिजुल’ को सूचीमा राख्ने गरिएको छ । हाल भारतमा विश्वका धनाढ्यहरुमध्ये ३।७ प्रतिशतको बसोबास रहेको छ ।

हाल सबैभन्दा धेरै अमेरिकामा ९ लाख ५ हजार ४ सय १३ जना धनाढ्यहरुको बसोबास छ । त्यसपछि चीनमा ४ लाख ७१ हजार ६ सय ३४ जना र जापानमा १ लाख २२ हजार १ सय १९ जना धनाढ्यहरुको बसोबास रहेको छ ।

प्रकाशित मिति : २ चैत्र २०८१, शनिबार  ४ : २६ बजे

आईपीयू महासभामा नेपालको आपत्कालीन प्रस्ताव दुईतिहाइ बहुमतले चयन

तान्जानिया– तान्जानियाको अरुसामा जारी अन्तर–संसदीय संघ (आईपीयू) को १५३औँ महासभामा

बेनी–जोमसोम–कोरला सडक : कुनौटामा मार्ग छिचोलियो

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण अवरुद्ध बनेको चीन

केही भूभागमा चट्याङसहित भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज बिहान १० बजेदेखि मतदान

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय नेतृत्व चयनका लागि

तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ७८ प्रतिशत

तनहुँ– तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनामा ७८