पाकिस्तानमा स्तन क्यान्सरका लागि प्रयोग हुने अधिकांश औषधि निष्प्रभावी « Khabarhub

पाकिस्तानमा स्तन क्यान्सरका लागि प्रयोग हुने अधिकांश औषधि निष्प्रभावी


२ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पाकिस्तानमा स्तन क्यान्सरका लागि प्रयोग हुने अधिकांश औषधि निष्प्रभावी रहेको पाइएको छ । कराँची विश्वविद्यालयको जामिलुर रहमान जिनोमिक रिसर्च सेन्टरले गरेको अध्ययनमा स्तन क्यान्सरका लागि प्रयोग हुने केमोथेरापीका आयातित औषधि निष्प्रभावी रहेको पाइएको हो ।

पश्चिमा मुलुकबाट आयात हुने यस्ता औषधि पश्चिमा मुलुकका मानिसहरुमा परीक्षण हुने गरेको जनाइएको छ । पाकिस्तानी नागरिकको जेनेटिक बनावट पश्चिमा मुलुकका नागरिकको भन्दा फरक हुने भएकाले यस्ता औषधिको प्रभावकारितामा असर परेको जनाइएको छ ।

पाकिस्तानबाट प्रकाशित हुने द एक्सप्रेस ट्रिब्युनका अनुसार पाकिस्तानमा प्रयोग हुने क्यान्सरका अधिकांश औषधि पश्चिमा मुलुकका उत्पादन र परीक्षण हुने गरेको छ । पाकिस्तानमा क्यान्सर दर उच्च रहेको बताइन्छ । त्यहाँ प्रायः ३० देखि ४५ वर्ष उमेर समूहका महिलामा स्तन क्यान्सर धेरै देखिन्छ ।

प्रकाशित मिति : २ चैत्र २०८१, शनिबार  ४ : ०० बजे

लहानमा २६ प्रतिशत घरधुरीमा सुरक्षित खानेपानीको पहुँच विस्तार

सिरहा – यहाँको लहान नगरपालिका क्षेत्रमा सुरक्षित खानेपानीको पहुँच विस्तार

क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौता योग्य नहुने इरानको जवाफ

तेहरान – इरानले सोमबार आफ्नो क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक प्रकृतिको भएको

जापानिज इन्सेफ्लाइटिस्बाट यस वर्ष ३५ जनाको मृत्यु

काठमाडौं– जापानिज इन्सेफ्लाइटिस्को सङ्क्रमणबाट यस वर्ष ३५ जनाको मृत्यु भएको

अन्तरविद्यालय डिआइजिपी रनिङ फुटबलको तयारी पूरा

धरान– नेपाल प्रहरी विद्यालय धरानको आयोजनामा सञ्चालन हुन लागेको कोशी