दिगो जलश्रोत व्यवस्थापनमा सरकार गम्भीर : मन्त्री खड्का « Khabarhub

दिगो जलश्रोत व्यवस्थापनमा सरकार गम्भीर : मन्त्री खड्का


४ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले दिगो जलश्रोत व्यवस्थापनका लागि सरकारले गम्भीर भएर काम गरिरहेको बताएका छन् ।

सोमबार ललितपुरमा नेपाल राष्ट्रिय हिमनदी, जल तथा मौसम सप्ताह उद्‌घाटन गर्दै मन्त्री खड्काले जलवायु परिवर्तनको असरका कारण हिमनदी खुम्चिँदै गएकाले जलश्रोत व्यवस्थापनका लागि सरकारले गम्भीर भएर काम गरिरहेको बताएका हुन् ।

जलवायु परिवर्तनका कारण जलश्रोत व्यवस्थापन र भविष्यको जलसुरक्षामा गम्भीर चुनौति सिर्जना भएको उनले बताए । मन्त्री खड्काले जलवायु परिवर्तनको असरलाई न्यूनिकरण गर्दै जलश्रोतलाई जोगाउनका लागि राष्ट्रिय तथा अन्तराष्ट्रिय साझेदारीलाई अघि बढाउनुपर्ने धारणा राखे । 

जलश्रोतसम्बन्धी अध्ययन प्रभावकारी बनाउदै मौसम परिवर्तनको असर न्यूनिकरण गर्न दीर्घकालीन नीति बनाउनुपर्ने उनले बताए ।

मन्त्री खड्काले जलश्रोत विधेयक छिटै अघि बढ्ने भन्दै यसमा जलश्रोत उपयोग र संरक्षणका लागि आवश्यक नीतिको समेत व्यवस्था गरिएको जानकारी दिए ।

प्रकाशित मिति : ४ चैत्र २०८१, सोमबार  १२ : ३२ बजे

एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ

गण्डकी– गत भदौ महिनामा कास्कीमा ५६ जना फरार प्रतिवादी पक्राउ

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल असोज ५ गते सोमबार सन् २०२६

आज २०८३ साल असोज ५ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज ५ गते सोमबार सन् २०२६