दिगो जलश्रोत व्यवस्थापनमा सरकार गम्भीर : मन्त्री खड्का | Khabarhub Khabarhub

दिगो जलश्रोत व्यवस्थापनमा सरकार गम्भीर : मन्त्री खड्का


४ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले दिगो जलश्रोत व्यवस्थापनका लागि सरकारले गम्भीर भएर काम गरिरहेको बताएका छन् ।

सोमबार ललितपुरमा नेपाल राष्ट्रिय हिमनदी, जल तथा मौसम सप्ताह उद्‌घाटन गर्दै मन्त्री खड्काले जलवायु परिवर्तनको असरका कारण हिमनदी खुम्चिँदै गएकाले जलश्रोत व्यवस्थापनका लागि सरकारले गम्भीर भएर काम गरिरहेको बताएका हुन् ।

जलवायु परिवर्तनका कारण जलश्रोत व्यवस्थापन र भविष्यको जलसुरक्षामा गम्भीर चुनौति सिर्जना भएको उनले बताए । मन्त्री खड्काले जलवायु परिवर्तनको असरलाई न्यूनिकरण गर्दै जलश्रोतलाई जोगाउनका लागि राष्ट्रिय तथा अन्तराष्ट्रिय साझेदारीलाई अघि बढाउनुपर्ने धारणा राखे । 

जलश्रोतसम्बन्धी अध्ययन प्रभावकारी बनाउदै मौसम परिवर्तनको असर न्यूनिकरण गर्न दीर्घकालीन नीति बनाउनुपर्ने उनले बताए ।

मन्त्री खड्काले जलश्रोत विधेयक छिटै अघि बढ्ने भन्दै यसमा जलश्रोत उपयोग र संरक्षणका लागि आवश्यक नीतिको समेत व्यवस्था गरिएको जानकारी दिए ।

प्रकाशित मिति : ४ चैत्र २०८१, सोमबार  १२ : ३२ बजे

फर्जी कागजात प्रकरणमा बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा बर्खास्त

काठमाडौं – बीमा प्राधिकरणका अध्यक्ष शरद ओझालाई फर्जी कागजात प्रयोग

दिल्लीमा भारतीय र चिनियाँ विदेश मन्त्रीबीच उच्चस्तरीय वार्ता

काठमाडौं – भारतका विदेशमन्त्री डा.एस जयशंकर र चीनका पोलिट ब्युरो

घुस रकमसहित पक्राउ परेका वरिष्ठ वन अधिकृत यादवविरुद्ध आरोपपत्र दायर

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय, कैलालीमा

सप्तरी घोंगी टिप्ने क्रममा डुबेर वृद्धाको मृत्यु

सप्तरी – घोंगी टिप्ने क्रममा अग्निसाइर कृष्णासवरण गाउँपालिकामा आज एक

च्याङ्ग्रा जोनमा ७८ पशु फार्म सूचीकृत

मुस्ताङ – राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना, कार्यान्वयन एकाइ मुस्ताङअन्तर्गत सञ्चालित